आज एमाले स्थायी कमिटी बैठक बस्दै

आज एमाले स्थायी कमिटी बैठक बस्दै

११ कात्तिक, काठमाडौं ।

नेकपा एमालेले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न चार बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र पालिका कमिटीको समीक्षा तथा महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तथा कार्यतालिकाका विषयमा छलफल हुने छ ।

एमालेले यही कात्तिक ६ गते वडा कमिटी र ९ गते पालिकास्तरको अधिवेशन सकेको छ । एमालेको १० औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १३ गतेसम्म चितवनमा हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.