×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१९ लाख ८६ हजार ग्राहकलाई मासिक ३० रुपैयाँमा विजुली

११ कार्तिक २०७८

११ कात्तिक, कठमाडौँ।

विद्युत् नियमन आयोगले विद्युतको नयाँ महसुल दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नयाँ दरअनुसार पहिलेको भन्दा औसतमा महसुल २.८४ प्रतिशत सस्तो बनाइएको छ । सिँचाइमा मात्र हेर्दा औसत ४०.६९ प्रतिशतले महसुल घटाइएको छ ।

Advertisement
Advertisement

मङ्सिर १ देखिको खपतमा लागू हुनेगरी तय गरिएको नयाँ महसुल संरचनाअनुसार करिब १९ लाख ८६ हजार ग्राहकले मासिक ३० रुपैयाँ तिरेर २० युनिटसम्म बिजुली बाल्न पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेअनुरूप आयोगले सिङ्गल फेज पाँच एम्पियर जडान गरेका ग्राहकले मासिक २० युनिटसम्म मात्र खपत गरेमा न्यूनतम मासिक शुल्क ३० रुपियाँ मात्र तिर्नुपर्नेछ ।

इनर्जी शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ तर खपत २० युनिटभन्दा बढी हुनासाथ ३० युनिटसम्म भने मासिक न्यूनतम ५०, इनर्जी शुल्क २० युनिटसम्मको ६० र थप युनिटका लागि प्रतियुनिट छ रुपियाँ ५० पैसा लाग्नेछ । ३१ देखि ५० समूहलाई आठ रुपियाँ तोकिएको छ भने ५१ देखि १०० सम्म नौ रुपियाँ ५० पैसा प्रतियुनिट निर्धारण गरिएको छ। २० युनिटसम्मको छुट १५ एम्पियर र माथिको क्षमता जडितलाई उपलब्ध हुनेछैन् ।

नयाँ महसुल दरमा सिङ्गल फेजका सबै गार्हस्थ्य उपभोक्तालाई लक्षित गर्दै पाँच, १५, ३० र ६० एम्पियर जडित ग्राहकको न्यूनतम महसुल साबिकभन्दा २५ रुपैयाँ घटाइएको छ । गार्हस्थ्य उपभोक्ताले इन्डक्सन चुलो प्रयोग गरून् भन्ने हेतुले १५१ देखि २५० युनिटसम्मको विद्युतमा प्रतियुनिट ५० पैसा घटाएर नौ रुपैयाँ ५० पैसा बनाइएको छ । त्यस्तै ४०० युनिटभन्दा माथिको खपतमा प्रतियुनिट ११ कायम गरिएको छ ।

आयोगले स्वीकृत गरेको संरचनाले थ्री फेजका ग्राहकले असारदेखि कात्तिकसम्म मौसमी दरअनुरूप सस्तोमा बिजुली पाउने व्यवस्था गराइएको छ । थ्री फेज तल्लो भोल्टेज ग्राहकले वर्षामा प्रतियुनिट १० रुपियाँ ५० पैसा र सुक्खायाममा ११ रुपैयाँ ५० पैसा पर्ने व्यवस्था गराइएको छ।

Advertisement

सिँचाइ क्षेत्रमा ४०.६९ प्रतिशत महसुल घटाइएको छ । टीओडी मिटर जडान गरेका ३३ केभी लाइनका सिँचाइ उपभोक्ताले राति ११ बजेदेखि बिहान ५ बजेसम्मको खपतमा प्रतियुनिट दुई रुपियाँ मात्र तिरे पुग्ने भएको छ । अन्य समयमा पनि एक रुपैयाँ ७० पैसा घटाएर प्रतियुनिट तीन रुपैयाँ मात्र कायम गरिएको छ । ११ केभीएमा यो शुल्क भने तीन रुपैयाँ १० पैसा छ।,याे समाचार गोरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top