काठमाडौँ :अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन आठवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका छन् ।
नेपाल दूूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणको आह्वानमा ती कम्पनीले प्रस्ताव पेस गरेको बताउनुुभयो । उहाँले अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्नका लागि त्यसको नियमन, कानुनी संरचना, व्यावसायिक ढाँचा र बिड डकुमेन्ट तयार गर्न पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकोमा आठवटा अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव पेस गरेको जानकारी दिनुभयो ।
अध्यक्ष खनालले भन्नुभयो, “अहिले कम्पनीहरूले गरेको प्रस्तावको प्राविधिक मूल्याङ्कन भइरहेको छ । प्राविधिक प्रस्तावमा उत्तीर्ण भएका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोली मूल्याङ्कन गरिनेछ । प्राविधिक र आर्थिक मूल्याङ्कनको प्राप्ताङ्क क्रमशः ८० र २० हुन्छ । दुईवटै मूल्याङ्कनमा उत्कृष्ट अङ्क प्राप्त गर्ने एउटा कम्पनी छनोट भई सो कम्पनीसँग कार्य सम्झौता गरी प्रक्षेपणसम्बन्धी काम सुरु हुनेछ ।”,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।