×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

६ महिनाभित्र सबै नागरिकलाई खोप लगाउने लक्ष्यमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

११ कार्तिक २०७८

११ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाभित्र सबै नेपाली नागरिकलाई कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउने प्रबन्ध गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

Advertisement
Advertisement

बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले चैत मसान्तभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने सरकारको लक्ष्य सफल हुनेगरी काम गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले अनुदान वा खरिद जसरी भएपनि सबै नागरिकलाई खोप उपलब्ध गराउनेमा जोड दिएको जानकारी दिए ।

बैठकमा स्वास्थ्य मन्त्रालयले हालसम्म कुल जनसंख्याको २२ प्रतिशतले दुवै खोप लगाएको र ३४ प्रतिशतले पहिलो खोप लगाएको तथ्याकं प्रस्तुत गरेको थियो ।

अघिल्लो सरकारले कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसिएमसी) केन्द्र गठन गरेको थियो । अध्यादेशबाट गठित सो केन्द्र निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेश मार्फत् कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो । आज बसेको पहिलो बैठकले केन्द्रको जनशक्ति व्यवस्था र संगठन संरचना समेत स्वीकृत गरेको छ ।

बैठकले कोभिड संकट व्यवस्थापनका लागि यसअघि गरेको कामका लागि सिसिएमसीलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top