×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘जबज’ लाई विश्वविद्यालयका पाठ्यक्रममा समावेशको पहल

११ कार्तिक २०७८

 ११ कात्तिक, काठमाडौं ।

जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ का विशेषतालाई विश्वविद्यालय शिक्षाका पाठ्यक्रममा समावेश गर्ने विषयमा विभिन्न विषय विज्ञ र विभागीय प्रमुखसँग परामर्श भएको छ ।

Advertisement
Advertisement

मदन भण्डारी फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय नेपाली विभाग, आमसञ्चार तथा पत्रकारिता विभाग, जल तथा मौसम विभाग, अर्थशास्त्र, समाजशास्त्र, भूगोल, इतिहासलगायत विभागका प्रमुख तथा प्राध्यापकको सहभागिता थियो ।

कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले जबजलाई एमालेले पार्टीको मार्गदर्शन सिद्धान्त बनाए पनि यो मुलुक र विश्व कम्युनिष्ट आन्दोलनका लागि एक मौलिक सिद्धान्त भएकाले यसलाई केन्द्रमा राखेर विश्वविद्यालयमा अध्ययन, अनुसन्धान गर्न गराउन आवश्यक रहेको बताए ।

उनले शान्तिपूर्ण बहुदलीय राजनीतिक प्रतिस्पर्धात्मक प्रणाली, मानव अधिकार, प्रेस स्वतन्त्रता, मौलिक अधिकारलगायका १४ विशेषतायुक्त जबजलाई अप्रत्यक्षरुपमा नेपालका सबै दलले कार्यान्वयन गरिरहेको जनाए ।

फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले जबजलाई विश्वविद्यालय शिक्षामा लागू गराउन विभिन्न विश्वविद्यालयसँग सम्झौता गरी काम सुरु भएको जनाइन् ।

Advertisement

एमालेका तत्कालीन महासचिव भण्डारीबाट प्रस्तुत पार्टीको २०४९ माघमा भएको पाँचौँ राष्ट्रिय महाधिवेशनमा ‘नेपाली क्रान्तिको कार्यक्रम : जनताको बहुदलीय जनवाद’ पारित भएको थियो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top