भीमबहादुर विश्वकर्माको न्यायको लागि बाबुराम भट्टराई सडकमा

११ कात्तिक, काठमाडाैँ ।

Advertisement

चितवनका भीमबहादुर विश्वकर्माको हत्याको विरुद्धमा काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरिएको छ । जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठनको संयुक्त आयोजनामा भीमबहादुर विश्वकर्माको न्यायको लागि माइतिघरमा बिहीवार खबरदारी ¥याली गरिएको हो ।

¥यालीमा जसपा अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका जसपाका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । चितवनमा असोज २८ गते मन्दिरमा पुजा गर्न जाँदा ५८ वर्षीय बिश्वकर्मालाई स्थानीयले कुटपीट गर्दा मृत्यु भएको थियो । ¥यालीलाई सम्बोधन गर्दै जसपाकी नेता कमला हेमचुरीले भीमबहादुर विश्वकर्माको हत्या हिन्दु आतंकवादीहरुले गरेको बताइन् ।

Advertisement

उनले नेपालमा कुनैपनि प्रकारको आतंकवाद सह्य नहुने भन्दै यसप्रकारका आतंककारीहरुलाई राज्यले संरक्षण गरेको आरोप लगाइन्। बिश्वकर्माको हत्यारालाई कारबाहीमुक्त गर्न लागिएका कारण खबरदारी आवश्यक रहेको उनले बताइन्। उनले भनिन् – ‘भीमबहादुर विश्वकर्मालाई जुन किसिमले हत्या गरिएको छ । त्यो भनेको हिन्दु आतंकवादीहरुले गरेको हो हत्या । आतंकवाद कुनै किसिमले पनि सैह्य हुँदैन । यो आतंकवाद स्वीकार्य हुँदैन । नेपालमा हिन्दु आतंकवाद अति नै क्रियाशील छ । अति नै सक्रिय छ । यो आतंकवाद रहिरहँदासम्म यो देश कहिलेपनि सम्पन्न र समृद्ध हुँदैन । राज्यले यस्ता आतंककारीहरुलाई अहिले पनि संरक्षण गरिरहेको अवस्था छ । बिकका हत्यारालाई विभिन्न नाममा उनीहरुलाई बारबाहीमुक्त गर्ने अवस्था सिर्जना भइराखेको छ । हामीले खबरदारी गर्न सकेनौँ भने भोली हजारौँ भीमबहादुरहरु यसरी नै मृत्युवरण गर्न बाध्य हुनेछन् ।’

Advertisement

खबरदारी सभामा बोल्दै जसपाका नेता तथा अभियन्ताहरुले संविधानमा लेखिएको अधिकारका कुरा सुनिश्चित हुनुपर्ने र दलित समुदायले न्याय पाउनुपर्ने बताए । भीमबहादुर बिश्वकर्मालाई सांस्कृति सहिद घोषणा गर्न माग पनि गरिएको छ ।

कार्यक्रममा सामाजिक विभेद अन्त्य गर, भीम विश्वकर्मालाई न्याय दे, मानव अधिकारको ग्यारेन्टी गर, जातिय छुवाछुतको अन्त्य गर, जातिय विभेद चाहिदैनँ, मान्छे मार्न पाइदैनँ, सामाजिक न्याय कायम गर, उत्पीडित समुदाय एक हौँ, भीम विश्वकर्माका हत्यारालाई कारबाही गर लगायतको नाराबाजी समेत भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top