राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्रीमा नियुक्त

Share this
711shares

११ कात्तिक, काठमाडौं।

Advertisement

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख बुधबार २४ घण्टाको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।

Advertisement

प्रदेश प्रमुखले दिएको समयसीमामा गठबन्धनका तर्फबाट पाण्डेको एकल दाबेदारी पेस भएको थियो। पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम ५९ जना प्रदेश सभा सदस्य (सांसद)को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top