विवेकशील साझामा पाण्डेको अधिकार खोसियो, अब कार्यकारी भूमिका अध्यक्षलाई मात्र

विवेकशील साझामा पाण्डेको अधिकार खोसियो, अब कार्यकारी भूमिका अध्यक्षलाई मात्र

११ कात्तिक, काठमाडौं ।

विवेकशील–साझा पार्टीमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ । आज बसेको पार्टीकाे केन्द्रीय समिति वैठकले विधान संसोधन गर्दै पार्टीको सम्पूर्ण कार्यकारी अधिकार अध्यक्षलाई प्रदान गरेको हो । मिश्रले एकतर्फीरुपमा बैठक डाकेर विधान संसोधन गराएका हुन् ।

अध्यक्ष र संयोजकको किचलोका कारण लामो समयदेखि पार्टी गतिहिन बनेको थियो । विवादकै कारण केन्द्रीय समिति वैठक समेत बस्न सकेको थिएन ।

विधान संसोधन सँगै अब मिश्रलाई एकलरुपमै पार्टी सञ्चालन गर्न बाटो खुलेको छ । आज बसेको वैठकमा अध्यक्ष र संयोजकलाई बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको केन्द्रीय सदस्यहरुले बताएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.