आयोजक ताजिकिस्तानसँग ६-० ले हार्याे नेपाल, छनोट हुने सम्भावना समाप्त

११ कात्तिक ७८, शुक्रबार

१२ कात्तिक, काठमाडौं ।

नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ । विहीबार भएकाे खेलमा आयोजक ताजिकिस्तानसँग ६-० को फराकिलो हार बेहोरेपछि नेपालको छनोट हुने सम्भावना समाप्त भएको हो ।

पहिलो हाफमा ३-० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा पनि ३ गोल खाएको थियो । पहिलो खेलमा इरानसँग ३-० ले पराजित नेपाली टोलीले पुन: एकपटक एसियन यू-२३ छनोटमा गोल गर्न सकेन । अघिल्लो दुवै प्रतियोगितामा गोलविहिन नेपालले पुन: एकपटक खेलमा विपक्षीलाई दबाब दिन सकेन । काउन्टर अट्याकमा भर परेको नेपालले खासै बल पोसेसन राख्न पनि सकेन ।

समूह अन्तर्गत विहीबार नै भएको पहिलो खेलमा इरानले लेबनानलाई २-० ले पराजित गरेको थियो । पहिलो खेलमा ताजिकिस्तानसँग १-० ले पराजित लेबनानको पनि छनोट हुने सम्भावना सकिएको छ । इरान र ताजिकिस्तानको ६-६ अंक हुँदा नेपाल र लेबनान अंकविहिन छन् । अब नेपाल र लेबनानले अन्तिम खेलमा एक अर्काको सामना गर्नेछन् । त्यस्तै इरान र ताजिकिस्तानबीच समूह विजेता बन्नका लागि प्रतिस्पर्धा हुनेछ ।

समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्नेछन् । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top