फेसबुक कम्पनीको नयाँ नाम अब ‘मेटा’

१२ कात्तिक, एजेन्सी।

Advertisement

सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन गरेकाे छ। बिहीबार वार्षिक कनेक्ट कन्फ्रेन्समा फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मार्क जुकरबर्गले अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन् ।

सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन् । कम्पनीलाई नयाँ नाम दिइएपनि यसअघिका कुनै संरचनामा भने परिवर्तन नहुने उनले बताएका छन्। साथै, यसअघि सञ्चालित एप्स र तिनका ब्रान्ड परिवर्तन नहुने उनको भनाइ छ।

Advertisement

कम्पनीअन्तर्गत हाल फेसबुकसँगै मेसेन्जर, ह्वाटस्एप, इन्स्टाग्रामलगायत सञ्चालनमा छन्। फेसबुकले एउटामात्रै सञ्जालको प्रतिनिधित्व गरेका कारण नाम परिवर्तन गर्नुपर्नेको जुकरबर्गले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top