एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

१२ कार्तिक, काठमाडौं ।

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज शुक्रबार बस्दैछ । बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुनेछ । यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी कमिटीको निर्णयको अनुमोदन गरिने तामाङले जानकारी दिए ।

बिहीबार मात्र एमाले स्थायी कमिटी बैठक बसेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.