कोभिडसँगै बाँच्न सिक्दै दक्षिण कोरिया

१२ कार्तिक, एजेन्सी ।

दक्षिण कोरियाले कोभिडको कारण दर्शाउदै रेस्टुरेन्ट, होटल क्याफेलगायत बढी जमघट हुने स्थानमा लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको छ ।

कोभिडसँगै जनजीवन सामान्य बनाउने नीतिअन्तर्गत सोमबारदेखि लागू हुने गरी ती क्षेत्र खुकुलो बनाइएको हो ।

खोप लगाएको प्रमाणका आधारमा बढी भिडभाड हुने स्थान जिम हल, साउना र बारहरुमा सर्वसाधरणलाई अनुमति दिइने भएको छ ।

सरकारले फेब्रुअरीको अन्त्यसम्ममा सबै प्रतिबन्ध हटाउने योजना गरेको छ । दक्षिण कोरियामा अहिले पनि कोभिड संक्रमण बढ्दो छ । तर, साबधानी र सुरक्षा मापदन्ड कार्यान्वयन भएको कडाइका कारण संक्रमणबाट मृत्यु हुने दर भने अन्य देशहरुको तुलनामा न्यून छ ।

करिव ५ करोड २० लाख जनसंख्या भएको दक्षिण कोरियामा अहिलेसम्म ७० प्रतिशतले पूर्ण खोप लगाएका छन् । त्यस्तै, ७९ प्रतिशतभन्दा बढीले कम्तिमा पहिलो डोज लगाएका छन् ।

दक्षिण कोरियामा जुलाईदेखि कोरोनाको चौथो कहर सुरु भएको थियो । पुनः संक्रमण फैलिएपछि भिडभाडमा रोक लगाउनुका साथै सामाजिक दूरीलगायत रोग नियन्त्रणका उपायलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिएको थियो ।

घरबाहिर हुने खेलकुदका कार्यक्रममा ५० प्रतिशतसम्म दर्शकलाई मैदानमा खेल हेर्न अनुमति दिइएको छ । त्यस्तै, सामाजिक दूरी कायम गर्दै कुनै पनि कन्सर्टमा १०० जनासम्म सहभागी हुन पाउनेछन् । नयाँ मापदण्डअनुसार खोप लागेका व्यक्तिले मात्र नाट्यशाला र चलचित्र हलभित्र पपकर्न र सोडा खान पाउनेछन् ।

संक्रमणका दृष्टिले बढी जोखिमयुक्त बार, नाइट क्लब, जीम हल र साउनामा जानुअघि खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । खोप नलगाएका व्यक्तिको हकमा पछिल्लो २४ घन्टामा कोभिड परीक्षण गरेको नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top