पाकिसकेको धान खेत अहिले बगर भयो, हामी एक वर्ष के खाएर बाँच्ने ?

११ कात्तिक ७८, शुक्रबार

१२ कार्तिक, झापा ।

गौरीगञ्ज–१ हुकलबारीका हरि थेबेको मुख्य आम्दानीको स्रोत नै कृषि हो । कृषि पेसामा निर्भर थेबेले पाँच बिघा क्षेत्रमा धान, आलुलगायत बाली लगाएका थिए । खेतीका लागि करिब डेढ लाख खर्च भएको थियो । धान पाक्न लागेको धान खेती अहिले बगर बनेको छ ।

कात्तिक पहिलो साता आएको बेमौसमी बाढीले उनको पाँच बिघा खेतमा माई नदी कुदिरहेको छ । खेती गर्दाको डेढ लाख ऋण त्यसै छ । ‘हाम्रो त जागिर पनि छैन । खेती गरेर नै परिवार पाल्दै आएका छौँ । छोराछोरी पढाउँदै आएका छौँ । ऋण गरेर खेती गरेको थिएँ,’ थेबे भन्छन्, ‘पाँच विघामा खेती गर्न डेढ लाख खर्च भयो । सबै ऋण छ । अब कसरी तिर्ने ?’

विघौँ जग्गा अहिले माई नदीको कब्जामा भएपछि किसान चिन्तामा छन् । राज्यले बेलैमा तटबन्ध नगर्दा किसान अब के खाने भन्ने चिन्तामा छन् । ‘साहुले खेती सकियो भन्दा ऋण मिनाहा गर्दैनन् । खाने पनि यही खेती हो, हाम्रो त । खेती हेर्दा अहिले विरक्त लाग्छ ।

पाकिसकेको धान खेत अहिले बगर भयो । कात्तिकमा यस्तो त सोचेका पनि थिएनौँ,’ थेबे भन्छन्, ‘घरबाट त केही दिन बाढीले विस्थापित ग¥यो । तर, अब त यो ठाउँबाट नै विस्थापित होइन्छ कि भन्ने डर छ । अब यो वर्ष के खाएर बाँच्ने ?’

हुकलबारीका टेकबहादुर रसाइलीले दुई बिघामा धान लगाएका थिए । धान राम्रो फलेको थियो । यस वर्ष धान बेचेर भएको ऋण तिर्ने सपना बुनेका थिए, टेकबहादुरले । तर, नसोचेको बज्रपात उनीमाथि परेको छ । नसोचेको समयमा आएको बाढीले घर त डुबानमा पा¥यो नै खेती बगर पनि भयो । खेती गर्न लिएको ९० हजार ऋण अझै तिर्न सकेका छैनन्, उनले ।

घरमा जमेको लेदो पन्साएर घर फर्किए, टेकबहादुर । तर, अब के खाने भन्ने चिन्ता छ । जोहो गरेर राखेको खाद्यन्न पनि बाढीले नष्ट ग¥यो । उत्पादन गरेको धान पनि बाढीसँगै बग्यो ।

‘हामी सधैँका पीडित । कहिले असार–साउनमा बाढी आएर खेती गर्न दिँदैन । कहिले उब्जनी भएको खेत यसरी बगाउँछ । हामी किसानको समस्या कसले बुझ्ने ?,’ उनी भन्छन्, ‘यसपटक चाहिँ राज्यले केही सहयोग गर्छ कि भन्ने आस छ । त्यही पनि के हुने हो थाहा छैन ।’

खाने माध्यम खेत नै बगर भएपछि अब कसरी जीवन चलाउने भन्ने चिन्तामा छन्, बाढीपीडित टेकबहादुर । भारत रोजगारीका लागि भएर भए पनि खेती गर्दाको ऋण र एक वर्ष खाने जोहो गर्ने योजनामा छन्, उनी ।

‘अब कि यहीँ जनमन गरेको खान्छु । तर, यहाँ जनमन र मजदुरी गरेकोले के पुग्छ होला र ! साहुले यस्तो भयो भन्दा मान्दैनन्, पेट ले पनि घरमा खाना छैन भन्दैनन्,’ टेकबहादुर भन्छन्, ‘चोरेर÷डाँटेर खानु हुँदैन । अब भारत गएर कमाएर ल्याएर भए पनि खानुपर्ला नि !’

गौरीगञ्ज–१ का श्यामलाल कोचले एक बिघामा खेती गरेका थिए । जग्गाको नाममा त्यही एक बिघा खेत छ । भत्कन लागेको घर यही खेतमा उब्जाउ भएको धान बेचेर मर्मत थर्ने योजनामा थिए, उनी । तर, उनको सपना चकनाचुर भएको छ । ‘फुसको छानो भएको घर बाढीले झनै बिगारेको छ । भएको सबै खेत बगर भयो । अरू काम पनि पाइँदैन,’ उनी भन्छन्, ‘अब के गर्ने होला ? हामी गरिबमाथि नै किन यस्तो पर्छ ?’

गौरीगञ्ज–१ टप्पुबस्तीका बुद्धराय हेमरमले अँधियामा पाँच विघा खेती गरेका थिए । सुकुम्बासी बुद्धरायले गरेको खेती अहिले माई नदीको बगरमा परिणत भएको छ । त्यति मात्र हैन उनको घर माई नदीले बस्नै नहुने गरी क्षतविक्षत बनाएको छ । कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ । ‘अलिअलि राखेको अन्न पनि बाढीले लग्यो ।

अब कहाँ बस्ने के खाने भन्ने चिन्ता छ । हिजोसम्म अँधिया गरेर भए पनि राम्रै खाएका थियौँ । तर, अब त के खाने ?,’ उनी भन्छन्, ‘हामी सुकुम्बासीको कहीँ केही छैन । अब कहाँ गएर बस्ने ? यो ठाउँ त अब बगर भएको छ । सरकारले खोला तठबन्ध ग¥यो भने घर फर्किन सकिन्छ । नभए त फेरि ठूलो पानी पर्दा बाढी यतै आउँछ । सरकारले हाम्रा लागि केही गरे त हुने नि !’

गौरीगञ्ज–१ को नदी तटीय क्षेत्र सधैँ बाढी र डुबानको चपेटामा पर्दै आएका छन् । यहाँका स्थानीय प्रत्येक वर्ष बर्खाको समयमा विस्थापित हुने गरेका छन् । यस क्षेत्रका किसानले कहिले खेती लगाउन पाउँदैनन् त कहिले लगाएको खेती पनि उठाउन पाउँदैनन् ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top