१२ कात्तिक, काठमाडौं ।
नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाउने निर्णय गरेकाे छ ।
शुक्रबार बसेको केन्द्रीय कमिटीको संख्याले महाधिवेशन प्रतिनिधिको संख्या १९९९ पुर्याएको हो । यसअघि बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो ।
तर केन्द्रीय कमिटीमा नेताहरुले संख्या बढाउन माग गरेपछि प्रतिनिधिको संख्या १९९९ पुर्याएको हो ।


