×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

१२ कार्तिक २०७८

१२ कात्तिक, काठमाडौँ ।
नेकपा (एमाले)ले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या १ हजार ९ सय ९९ पु¥याउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा शुक्रबार बसेको पार्टी केन्द्रिय कमिटी बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएर १ हजार ९ सय ९९ पु¥याउने निर्णय गरेको हो ।

पार्टीका केन्द्रिय सदस्यहरुले प्रतिनिधिसंख्या बढाउने प्रस्ताव गरेपछि करिव ४ सय थप गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । बैठकले आगामी कार्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने कार्यक्रम पनि तय गरेको छ । त्यसैगरी बैठकले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा २ सदस्य थप गरेर २३ सदस्य पु¥याउने निर्णय पनि गरेको छ । पार्टी स्थायी कमिटीका सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीमा थप गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताए ।

Advertisement
Advertisement

एमालेले महाधिवेशनमा प्रयोग गर्ने विद्युतीय मतदान मेशिनको पनि परीक्षण गरेको छ । सो मेशिनको परीक्षण गर्दै बैठकले त्यसलाई महाधिवेशनका प्रयोग गर्ने निर्णय पनि गरेको हो । प्रवक्ता ज्ञवालीले भने, ‘१० औं राष्ट्रिय महाधिवेशनमा २ जना थप गरेर २३ सदस्य बनाउने निर्णय गरिएको छ । थप भएका सदस्यहरुमा स्थायी कमिटी सदस्य कमरेड रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङ हुनुहुन्छ । यसरी हाम्रो मूल व्यवस्थापन कमिटी २३ सदस्यीय भएको छ । यसको अलावा हामीले स्थायी कमिटी बैठकबाट १५ सय प्लस प्रतिनिधि प्रस्ताव गरेका थियौं । तर केन्द्रिय कमिटीका सदस्य साथीहरुले अलिकति प्रतिनिधित्व बढाउनु पर्छ भनेर व्यापक सुझाव दिनु भएको छ । र केन्द्रिय कमिटीका सदस्यहरुको सुझावको आधारमा अरु १० औं महाधिवेशनको प्रतिनिधिहरुको संख्या १९९९ हुनेछ । अर्थात करिव ४ सय सदस्यहरुको संख्या यसबीचमा थप्ने केन्द्रिय कमिटीबाट निर्णय भएको छ । हामीले सबै क्षेत्रहरुमा कार्तिक २७ गते प्रतिनिधि निर्वाचन गर्नेछौं । प्रतिनिधि निर्वाचनको निम्ति कार्तिक २७ गतेको मिति तोकिएको पनि यहाँहरुलाई जानकारी गराउँदछु । चौथो १० औं महाधिवेशनमा प्रयोग हुने विद्युतीय मतदान मेशिनको हामीले परीक्षण पनि ग¥यौं । यसको डेमो पनि भयो र यसलाई प्रयोग गर्ने निर्णय समेत हामीले गरेका छौं ।’

बैठकले पार्टीको अर्काे केन्द्रिय कमिटीको बैठक आगामी मंसीर ९ गते महाधिवेशनको अघिल्लो दिन चितवनको सौरहामा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ । बैठकमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । उनले बाँकि रहेका पार्टीको वडा र पालिका अधिवेशन छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीका नेताहरुलाई सचेत गराउनु भएको पार्टीका प्रवक्ता ज्ञवालीले बताए ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top