कृषिमन्त्रीले भने- पार्टीगत किसानसंघ अन्त्य गरिनुपर्छ

१२ कात्तिक, काठमाडाैँ ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न नसकिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा अयोजित ४१ औँ विश्व खाद्य दिवसको अवसरमा मन्त्री यादवले किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न नसकिने भन्दै सबैभन्दा पहिला किसानको समृद्धिमा जोड दिनुपर्ने बताए । उनले बेमौसमी वर्षाले किसानको बालीनालीमा पुर्याएको क्षतिलाई मध्यनज गर्दै ५ अर्ब रुपैयाँको राहत प्याकेज घोषणा गरेको बताउँदै किसानलाई समृद्ध बनाउन मन्त्रालय लागिरहेको बताए । उनले सरकारले दिएको सहुलियत अनुदानबाट पहुँचवाला किसान मात्रै पोसिने गरेको बताउँदै सम्बन्धित किसानलाई पनि अनुदान दिनको लागि अनुदान किसानकै बैंक खातामा जम्मा गरिनुपर्ने बताए ।

Advertisement

कृषिमन्त्री यादवले भने, ‘किसानहरुले एउटै महासंघ बनाएर, अघि बढ्नुपर्दछ, पार्टीगत किसानसंघअन्त्य गर्नुपर्छ यो गर्न सकेमा मात्र हाम्रो हीत हुन्छ । किसान बलियो, समृद्ध भयो भने समयमा मलखाद पुर्याउँछौँ, किसानकै परिश्रम, मिहेनतले नै देशलाई विकास गर्न सक्छौँ, देश हाँक्न किसान आत्मनिर्भर हुनुपर्छ, किसान पेशा छोडेर विदेश जाने परम्पराले देश अघि बढ्न सक्दैन, कृषिलाई बलियो बनाउन यथेष्ट बजेटको व्यवस्था हुनुपर्छ ।’

कृषिमन्त्री यादवले सरकारले किसानका लागि घोषणा गरेको राहत प्याकेज पारदर्शी बनाउन त्यसका लागि कार्यविधि बनाइएको पनि बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top