ओलीसँगै एमाले सकिन्छ, अब एमालेलाई टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल

१२ कात्तिक, काठमाडाैँ ।

नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो समुह छाडेर एमालेमा बस्ने नेताहरुको हरिबिजोग हुने बताएका छन् । शुक्रबार पोखरा पुगेका अध्यक्ष नेपालले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै  एमालेमा कुनै नीति र विधि नभएको उल्लेख गर्दै त्यहाँ रहनेहरु नीजि कम्पनिको सदस्यका रुपमा रहने जिकिर गरे ।

केपी ओलीप्रति बफादार नहुनेहरुको हरिबिजोग हुने उनको तर्क छ । उनले भने– ‘मैले पटक पटक भनेको थिए, बालुवा पेलेर तेल निस्कनेवाला छैन । आज सुधारौला भनेर गएका साथीहरुको हरिबिजोग भइरहेको छ । देखिरहनु भएको छ । उहाँको(ओली) आफ्नै नीति र विधि छ । त्यसमा बसेका मान्छे उहाँको नीजि कम्पनिका सदस्यका रुपमा रहन बाध्य हुनेछन् । त्यो कुनै सामुहिकताको सिद्धान्तबाट चल्दैन । त्यसले कमिटी प्रणालीलाई पालना गर्ने छैन । त्यहाँ केपी ओलीप्रति बफादार हुनेसँग बस्न पाइन्छ । बफादार भएन भने उसको हरिबिजोग हुनेछ ।’

उनले एमाले छाड्नेहरुको भविष्य सुरक्षित रहने पनि बताए । एमालेमा बस्नेहरुको भविष्य नभएको भन्दै उनले अब एमालेलाई टर्च बालेर खोज्नुपर्ने स्थिति आउने बताए। ओलीसँगै एमालेपनि सकिने उनको भनाई छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top