केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हट्यो

१३ कात्तिक, काठमाडाैँ ।

नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ ।

बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटेको जनाएको हो ।

केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि लागि कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरिएको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए । यस्तै सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालू आबका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भएको छ ।

छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने भएको छ । सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको जानकारी दिँदै बैंकले सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिने भएको छ । बीउबिजन ऐन, २०४५ ले नेपालमा सूचीकृत एवं दर्ता भएका बीउ विजनको मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था गरेको छ ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top