आफ्नै कारणले जोखिममा मुटु

१२ कात्तिक ७८, शनिबार

काठमाडौं : गत जेठमा काठमाडौंका २९ वर्षीय युवकको छाती एक्कासि असह्य हुनेगरी दुख्यो। उनलाई उपचारका लागि सहिद गंगालाल हृदय केन्द्र पुर्‍याइयो। आकस्मिक कक्षका चिकित्सकले उनलाई हृदयाघात भएको पत्ता लगाए। उनको मुटुको नसा बन्द भएको थियो। एनजिओप्लास्टी गरी उनको बन्द भएका नसा खुलाइएको उपचारमा संलग्न केन्द्रका निर्देशक डा। चन्द्रमणि अधिकारीले बताए।

हृदयाघातको उपचारपछि चिकित्सकले मुटु सञ्चालन प्रक्रियाको जोखिम अवस्था तथा कारण खोजे। थप जोखिम छ कि छैन भनेर पत्ता लगाउन उनको एनजिओग्राफी ९मुटुको अवस्था हेर्ने जाँच० गरियो। हृदयाघातको कारण खोजी गर्दा उनले नियमित चुरोट सेवन गरेको पाइएको डा। अधिकारीले बताए।

उपचारपछि अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ। ती युवकको उपचारलगत्तै डा। अधिकारीले सामाजिक सञ्जालमा चुरोट सेवनका कारण हृदयाघात भएको र कोरोना महामारीबीच पनि उनको उपचार गर्न अस्पताल सफल भएको पोस्ट गरेका थिए। उनले लेखेका थिए, ‘कम उमेरमै हृदयाघात भएका ती युवक चुरोटे थिए।’ डा। अधिकारीका अनुसार ती युवकले दैनिक धेरै चुरोट सेवन गर्थे।

त्यस्तै, तीन वर्षअघि नुवाकोटका ३२ वर्षीय युवकको पनि एक्कासि छाती दुख्यो। उनलाई आफन्तले उपचारका लागि तत्कालै मनमोहन कार्डियो थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्ज पुर्‍याए।

उपचारक्रममा चिकित्सकले मुटुको नसा बन्द भएर हृदयाघात भएको पत्ता लगाए। उनको मुटुका तीनवटा नसा बन्द भएका थिए। उपचारमा संलग्न चिकित्सक डा। रत्नमणि गजुरेलका अनुसार ती युवकलाई उच्च जोखिमको हृदयाघात भएको थियो। एनजिओप्लास्टी गरी उनको मुटुका बन्द नसा खोलेर बचाउन सफल भएको डा। गजुरेलले बताए।, याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top