काबुलमा फसेका ३२ नेपालीको उद्धार

१२ कात्तिक ७८, शनिबार

काठमाडौं: गैरकानुनी ढंगले अफगानिस्तान पुगेका र पछिल्लो तीन महिनादेखि उद्धारको पर्खाइमा रहेका ३२ नेपालीलाई नेपाल सरकारले काबुलबाट मुक्त गराएको छ ।

Advertisement

तालिवानले सैन्य बल प्रयोग गरेर अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएदेखि नै उनीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावास र अन्य सरकारी एजेन्सीहरू सक्रिय थिए । अफगानिस्तानमा नेपालको कुनै एजेन्सी छैन । भारतस्थित दूतावासले नै अफगानिस्तान हेर्दै आएको छ ।

दिल्लीस्थित कार्यवाहक नेपाली राजदूत रामप्रसाद सुवेदीले महिनौंदेखिको प्रयास सफल भएको बताए । ‘त्यहाँ रहेका ३२ जना नेपाली निक्लिएसँगै अफगानिस्तानबाट उद्धार गर्नुपर्ने मिसन पूरा भएको छ,’ उनले भने, ‘अब हाम्रो जानकारीमा उद्धार गर्नुपर्ने अवस्थाका नेपालीहरू त्यहाँ हुनुहुन्न ।’ भारतका समेत सयौं नागरिक अझै उद्धारको पर्खाइमै छन् ।

Advertisement

चार्टर्ड गरिएको इरानको महान् एयरबाट ३२ जनालाई शुक्रबार साँझ तेहरान पु¥याइएको छ । तेहरानबाट दुबई हुँदै उनीहरू शनिबार बिहान काठमाडौं अवतरण हुने सुवेदीले जानकारी दिए । दुबईबाट उनीहरूलाई नेपाल एयरलाइन्सको नियमित फ्लाइटले लग्नेछ ।

गत साता तालिवान अथोरिटीले अन्तिम समयमा रोकेपछि यी ३२ जना विमानस्थलबाट फिर्ता हुनुपरेको थियो । भिसाको म्याद सकिएका कारण उनीहरूलाई बाहिरिनबाट तालिवानी अथोरिटीले रोकेको थियो । आवश्यक जरिवाना बुझाएर तथा ट्राभल डकुमेन्ट पठाएर दूतावास उनीहरूलाई काबुलबाट उद्धार गर्न सफल भएको हो ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top