शिक्षित महिला पनि बेचबिखनको जोखिममा

शिक्षित महिला पनि बेचबिखनको जोखिममा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार दुईजनालाई पक्राउ गर्‍यो। पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बाराको कोल्बी नगरपालिका–१ का २६ वर्षीय ऋषि भट्टलाई पक्राउ गरेको हो। उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ।

यस्तै मानव बेचविखनमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–१० बस्ने ५० वर्षीय विश्वबन्धु घिमिरे शनिबार भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट पक्राउ परे। उनले नृत्य सिक्ने क्रममा चिनजान भएकी १९ वर्षीया किशोरीलाई भारतको बैंगलोर पुर्‍याई यौन व्यवसायमा लगाउने गरी बेचबिखन गरेको आरोप लागेको छ।

२०७० फागुन ४ गते काँकडभिट्टा हुँदै भारतको सिलगुढीबाट बैंगलोर पुर्‍याइएकी किशोरी माइती नेपालको सहयोगमा २०७१ वैशाख १५ गते नेपाल फर्केकी थिइन्। त्यसलगत्तै पीडितको जाहेरीका आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले घिमिरेलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान गरिरहेको छ।

यसैगरी एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याइएको अभियोगमा काठमाडौंको सिनामंगलबाट बागलुङको गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्का आइतबार पक्राउ परेका छन्।

उनी पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख रुपैयाँ तलब हुनेलगायत प्रलोभनमा पारी विभिन्न मितिमा आठ लाख ५४ हजार रुपैयाँसमेत लिई दुई वर्षअघि भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हुँदै थाइल्यान्ड पुर्‍याएर यौन शोषण गरी अलपत्र पारेर फरार भएका थिए।, यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.