प्रधानमन्त्री देउवा नआउँदासम्म गठबन्धनमा प्रधानन्यायाधीशबारे छलफल नहुने

१२ कात्तिक ७८, शनिबार

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले उनी विदेशबाट फर्केपछि प्रधानन्यायाधीशलाई निकास दिन लगाउने प्रयास हुने बताएको छ । ‘त्यसैले उहाँले विदेश जानुअघि यस विषयमा धेरै नबोल्न भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘सायद फर्केपछि ठोस छलफल होला ।’

Advertisement

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले प्रधानमन्त्री फर्केपछि मात्र दलहरूबीच यस विषयमा छलफल हुने बताए । ‘पार्टीभित्र अलग–अलग निर्णय गर्नुको खास अर्थ हुँदैन, त्यसैले हाम्रो पार्टीमा यस विषयमा कुनै छलफल भएको छैन,’ उनले भने, ‘प्रधानमन्त्री कांग्रेसको सभापतिसमेत हुनुभएकाले उहाँ फर्केपछि मात्र बसाइ होला ।’

माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले न्यायालयभित्रको विवाद न्यायालयबाटै संवैधानिक रूपमा निरूपण हुनुपर्ने बताए । त्यहाँ समाधान हुन नसकेर संसद्मा आयो भने मात्र दलहरूले आफ्नो धारणासहित निर्णय गर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्री विदेशबाट फर्किनुभयो भने पनि दलहरूबीच अनौपचारिक रूपमा छलफल हुन सक्ला,’ उनले भने, ‘न्यायालयलाई औपचारिक रूपमा यसो गर भनेर त भन्न सकिँदैन ।’,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top