टीकापुरमा खुकुरी प्रहार गरी किशोरको हत्या, एक जना पक्राउ

टीकापुरमा खुकुरी प्रहार गरी किशोरको हत्या, एक जना पक्राउ

१३ कात्तिक, कैलाली ।

कैलालीको टीकापुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । खुकुरी प्रहारबाट वडा नम्बर कमलगाउँका १७ वर्षीय आयुष साउँदको मृत्यु भएको हो ।

गए राति साढे ८ बजेतिर कालीमाटीमा डिजेमा नाच्ने बेलामा सामान्य विवाद हुँदा भजनी नगरपालिका वडा नं. ३ ठेकिपुरका किरण साउँदले प्रहार गरेको खुकुरीबाट उनको मृत्यु भएको कालाकुण्डा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक राजेन्द्र कार्कीले जानकारी दिए।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका साउँदको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्कीले बताए । खुकुरी प्रहार गर्ने किरण साउँदलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.