अग्नि सापकोटा संसदीय व्यवस्थाका कलंक हुन्ः केपी ओली

१३ कात्तिक, सिन्धुपाल्चोक।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई ‘कलङ्क’ को संज्ञा दिएका छन् । एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सापकोटालाई संसदका ‘कलङ्क’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले भने ‘अग्नि सापकोटा जस्ता संसदका कलंकले निर्वाचित भएर संसदमा पाइलो टेक्नु हुँदैन, उनको कुनै मर्यादा छैन । उनी प्रचण्डको इशारामा एमालेविरुद्धको षडयन्त्रमा लागेका छन् ।’ सापकोटाले संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएर आफ्नो मर्यादा भुलेको पनि उनले आरोप लगाए ।

Advertisement

‘आफ्नो पदीय कर्तव्य पालना नगर्नेले संसदमा आउन पाउनु हुँदैन’, उनले भने, ‘सिन्धुपाल्चोकमा एमालेले दुवै संघीय सांसद र चारवटै प्रदेश सांसद जित्नु पर्छ । प्रत्यक्षमा भन्दा समानुपातिकमा धेरै भोट ल्याउनु पर्छ ।’

एमालेले १४ सांसदमाथि गरेको कारबाही सदर नगरेको भन्दै ओली सभामुखप्रति आक्रोश व्यक्त गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top