सिंहदरबार क्षेत्रमा आज केही समयका लाग विद्युत्त आपूर्ति बन्द हुने

सिंहदरबार क्षेत्रमा आज केही समयका लाग विद्युत्त आपूर्ति बन्द हुने

काठमाडौं, साउन १९
सिंहदरबार क्षेत्रमा आज केहीबेर विद्युत्त आपूर्ति बन्द हुदैछ । सिंहदरबार परिसरका एच.टी लाइनमा परेका रूखका हाँगाबिँगा काट्न र मन्त्रालयहरूमा जडीत ट्रान्सफरमरहरुको सफाइका लागि विद्युत प्राधिकरणले सिंहदरबार क्षेत्रमा केहिबेर विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।

नेपाल विद्युत्त प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म यो क्षेत्रमा लोडसेडिङ हुनेछ । प्राधिकरणले शनिबारका दिन राजधानीका विभिन्न क्षेत्रमा यसैगरी लोडसेडिङ गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.