×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इंग्ल्याण्डको लगातार तेस्रो जित, अष्ट्रेलिया स्तब्ध

१४ कार्तिक २०७८

१४ कार्तिक, काठमाडौं ।

इंग्ल्यान्डले आइसिसी टी– ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ ।

Advertisement
Advertisement

शनिबार सुपर–१२ को समूह–१ मा रहेको इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ ।
जितका लागि १२६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेटको क्षतिमा १२६ रन बनायो ।

इंग्ल्यान्डको जितमा ओपनर जस बटलर ७१ रनमा अविजित रहे । अर्का ओपनर जेसन रोयले २२ रन बनाए ।

यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १२५ रनमा अल आउट भयो अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रनको योगदान दिए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।

इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र दोस्रोमा बंगलादेशलाई ८ विकेटले हराएको थियो ।

अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित थियो ।

सुपर–१२ को समूह–१ मा इंग्ल्यान्डले ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ जित र १ हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top