×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नवजात शिशुको मृत्युपछि कोशी अञ्चल अस्पतालमा तनाव

१९ श्रावण २०७५

विराटनगर,साउन १९
एक नवजात शिशुको मृत्यु भएपछि विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गएरातिबाट तनाव भएको छ ।

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफ्न्तले उपचारमा संलग्न डाक्टरलाई कारबाहीको माग गरेपछि तनाव भएको हो । ब्यथा लागेर बिहीबार अस्पतालमा भर्ना भएकी मोरङको धनपाल थान गाउँपालिका ४ की आरती मरिकले शुक्रबार साँझ साढे ५ बजे नर्मलरुपमा शिशु जन्माएकी थिइन् ।

Advertisement
Advertisement

जन्मिएको केहीबेरमै शिशुको अवस्था चिन्ताजनक रहेको भन्दै उपचारमा संलग्न चिकित्सकले अन्यत्र लैजान भन्दै रिफरसहित डिस्चार्ज गरिदिएका थिए । शिशुलाई स्थानीय एक अस्पतालमा लग्दा मृत्यु भैसकेको र भर्ना नलिने जानकारी दिएपछि पीडित पक्ष आक्रोशित भएका थिए ।

शिशुको जन्मअघि गरिएको परीक्षणमा सबै कुरा सामान्य भनिएको तर जन्मिएको केही समयपछि नै अवस्था चिन्ताजन रहेको भन्दै डिस्चार्ज गरिनुमा चिकित्सकको दोष रहेको मृतक पक्षको भनाइ छ । रेफर गरिएर अन्यत्र गएका पीडित पक्षले शिशुको मृत्यु भएको थाहा पाएछि शव ल्याएर अञ्चल अस्पतालको बेडमा राखेका छन् ।

Advertisement

उनीहरुले चिकित्सकलाई कारबाही नगरेसम्म शव नबुझ्ने भन्दै होहल्ला गर्न थालेपछि अस्पताल परिसरमा ब्यापक प्रहरी परिचालन गरिएको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top