सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा सञ्चालन गर्ने कार्ययोजना

१८ साउन ७५, शनिबार

विराटनगर,साउन १९
प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर लक्षित गरी प्रविधिमैत्री, बालमैत्री, दण्डहीनता र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।

मन्त्रालयले बनाएको कार्ययोजनामा विद्यालय जाने उमेरका बालबालिकाको भर्ना दरलाई स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा शतप्रतिशत पु¥याउने योजना अनुसार सञ्चालन गरेको भर्ना अभियान निकै प्रभावकारी बनेको र सामुदायिक विद्यालयमा विद्यार्थी संख्यामा उल्लेखनीय वृद्धि भएको मन्त्रालयका कर्मचारी गोपीप्रसाद घिमिरे बताए ।

संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आगमन वृद्धि हुन सुखद भएको मानिएको छ, भने विद्यालय छाड्ने दरलाई न्यून गर्न तथा माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क गरी गुणस्तरीय शिक्षामा जोड दिने लक्ष्यका साथ नयाँ–नयाँ विद्युतीय प्रविधि शिक्षणका लागि अभ्यास गर्न अभिप्रेरित गरिने मन्त्रालयको योजना छ ।

Advertisement

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरस्वती मावि काजुपाडा रतुवामाई नगरपालिका मोरङका कक्षा नर्सरीमा भर्ना भएका एलिशा खातुन, सुदर्शन मुर्मू र विनोद मुर्मूको अध्यायन सम्बन्धमा अभिभावकत्व ग्रहण गर्नुलाई प्रदेश सरकारको शिक्षा प्रतिको प्रतिबद्धता पूरा हुने विश्वास लिइएको छ ।

यसैगरी, सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनता मावि थलाहा कटहरीमा पाठ्यपुस्तक र विद्यालय ब्याग वितरण गर्नुका साथै सो विद्यालयमा प्रारम्भिक बालविकास शिक्षामा भर्ना भएका अनिश सरदार र सुष्माकुमारी सरदारको अभिभावकत्व जिम्मा लिने घोषणा गर्नु मन्त्रालयको महत्वपूर्ण कार्य भएको छ ।

संस्थागत विद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रवृति प्रदान गर्नुका साथै मन्त्रालयबाट निर्देशिका तयार गरी सबै स्थानीय तह प्याब्सन एन प्याब्सन र १४ वटै शिक्षा विकास तथा समन्वय इकाई पठाइ प्रत्येक संस्थागत विद्यालयले स्थानीय तहको सिफारिसमा एकजना सीमान्तकृत तथा दलित समुदायको विद्यार्थीलाई निःशुल्क अध्यापन गराउनका लागि निर्देशन पनि दिएको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top