कोरोना प्रभावित व्यवसाययीलाई ५ करोडसम्म पुनर्कर्जा सुविधा

१४ कात्तिक ७८, आइतबार
Share this
765shares

१४ कार्तिक, काठमाडौं ।

Advertisement

कोरोनाका कारण व्यवसाय सञ्चालनमा समस्या परेका उद्योगी र व्यवसायीले ५ करोड रुपैयाँसम्म पुनर्कर्जा पाउने भएका छन्।नेपाल राष्ट्र बैंकले एक सूचना सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ।

कोरोनाबाट प्रभावित व्यवसायली अधिकतम ५ करोड रुपैयाँसम्म पुनर्कर्जाका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए। पुनर्कर्जाको सीमाभित्र रहेर व्यवसायीले पुनर्कर्जा लिन पाउने प्रवक्ता ढकालको भनाइ छ।

Advertisement

केन्द्रीय बैंकले कोरोनाबाट अति प्रभावित र मध्य प्रभावित व्यवसायीलाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको हो।

कोरोनाका कारण समस्यामा परेका व्यवसायीले आफूले कारोबार गरेको बैंकमार्फत नै पुनर्कर्जाका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। कर्जा लिन चाहने व्यवसायीले आफूले कारोबार गरेको बैंकको शाखामा मंसिर १९ गतेभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

Advertisement

सरकारले यातायात, पर्यटन, चलचित्र, सिनेमा हल, पशुपक्षी, हवाई तथा पर्यटकीय क्षेत्र, पार्टी प्यालेसलगायत व्यवसायलाई कोरोना प्रभावितको सूचीमा राखेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top