लुम्बिनीमा बुद्ध मूर्ति अनावरण गर्दै राष्ट्रपतिले भनिन्- यसले विश्वभर शान्तिको सन्देश फैलाउँछ

१४ कार्तिक, बुटवल ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको बुद्ध मूर्ति आइतबार अनावरण गरिएको छ । ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी हुन् ।

बुद्धमूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ति राखिएकोमा यसले विश्वभर शान्तिको सन्देश फैलाउन ठूलो भूमिका खेल्ने बताइन् ।‘विश्वभरका पर्यटकमाझ शान्ति, अहिंसा र करुणाको सन्देश फैलाउन यसबाट ठूलो मद्दत पुग्ने छ’, उनले भनिन् ।

राष्ट्रपतिले बुद्धका उपदेशको अनुशरण गरेमात्रै विश्वमा शान्ति कायम हुने भन्दै यसलाई सबैले महसुस गर्दै आफ्नो जीवनमा अनुशरण गर्नुपर्नेमा जोड दिइन् । लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रूपमा विकास गर्नुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले यसका लागि लुम्बिनी गुरुयोजना छिटो पूरा गरी लुम्बिनी सर्किटको विकास गर्नुपर्ने बताइन्

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले विमानस्थलमा बुद्ध मूर्ति राखेर यसको महत्वलाई अझै बढाइएको भन्दै यसबाट विमानस्थलमा ओर्लन पर्यटकहरूले सन्देश बोकेर आउने बताए ।

उनले विमानस्थल अविलम्व सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको भन्दै आयोजनालाई जतिसक्दो छिटो काम सक्न निर्देशन दिए । छिटो क्यालिब्रेसन फ्लाइट गर्न निर्देशन दिँदै उनले यसका लागि सरकारले के गर्नुपर्छ, सबै गर्न तयार रहेको खाँणले बताए ।

म्यानमारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो ।

बुद्ध मूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्रीसमेत सहभागी थिए । बुद्ध मूर्ति १ दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ ।

सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर छ । दुई करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति फाउन्डेसनले नेपाललाई उपहारस्वरूप दिएको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top