आर्थिक विकासका राजनीतिक स्थिरता अपरिहार्य –सिएनआई

१३ कात्तिक ७८, आइतबार

१४ कार्तिक, काठमाडौँ ।

उद्योगी व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले देशको आर्थिक विकासका लागि राजनीतिक स्थिरता र नीतिगत सुधार अपरिहार्य भएको जनाएको छ ।

सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकको अर्थतन्त्रको विकासका लागि औद्योगिकीकरण अपरिहार्य रहेको र सोका लागि समयसापेक्ष नीतिगत सुधार गरिनुपर्ने बताएका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँग आज समसामयिक विषयको छलफलका क्रममा अध्यक्ष अग्रवालले देशको अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थिरता चाहिने बताए ।

उनले भने, “नीतिगत स्थिरता नहुँदा औद्योगिकीकरण र अर्थतन्त्रको प्रवद्र्धनका लागि समस्या भइरहेको छ, त्यसैले औद्योगिकीकरण अर्थतन्त्रको गुरु मन्त्र भएकाले यसले अर्थतन्त्र बढ्नाका साथै पूँजी पनि वृद्धि हुनेछ ।”

अध्यक्ष अग्रवालले कोभिडपछि अर्थतन्त्रका केही क्षेत्रमा अवस्था सामान्य बन्दै गएको भए पनि अझै एयरलाइन्स, होटेल आदि व्यवसायमा असहज परिस्थिति रहेकाले अर्थतन्त्रको विकासका लागि चुनौती रहेको औँल्याए ।

सिएनआईका निवर्तमान अध्यक्ष शतिशकुमार मोरले मुलुकको राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई नकारात्मक असर पार्नसक्ने खतरा औँल्याउँदै समयसापेक्ष नीतिगत सुधार गरेर अर्थतन्त्रलाई गतिशील बनाउन जरुरी भएको उल्लेख गरे ।

सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक क्षेत्रको प्रवद्र्धन तथा आर्थिक पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि दुवै संस्थाले सहकार्य गरेर अघि बढ्नु सकिने धारणा राखे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top