पहिलो पटक सार्वजनिक रुपमा देखा परे तालिबानका सर्वोच्च नेता

१३ कात्तिक ७८, आइतबार

१४ कार्तिक, काबुल ।

Advertisement

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलोपटक सार्वजनिक रुपमा देखा परेका छन्। तालिबान अधिकारीहरूले आइतबार हैबतुल्लाह अखुन्दजादा सार्वजनिक भएको घोषणा गरेका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अखुन्दजादाले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका थिए।

Advertisement

अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहँदै आएका थिए। तर, अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सवार्वजनिक रुपमा देखा परेका थिएन।

तालिबान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ। यद्यपि उनको मृत्युको हल्ला पनि फैलिएको थियो। तालिबान अधिकारीहरुका अनुसार शनिबार उनले दारुल उलूम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकू चेलाहरुसँग कुरा गरेका तालिबान अधिकारीहरूले बताएका थिए।

Advertisement

सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा परी तालिबानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई तालिबानको नेता नियुक्त गरिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top