×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चितवनमा शीर्ष नेताको दौडधुपः प्रचण्ड फर्किए, ओली आउँदै

१४ कार्तिक २०७८

१४ कार्तिक, चिवतन ।

चितवनमा शीर्ष नेताको दौडधुप देखिन थालेको छ । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को निर्वाचन क्षेत्र रहेका चितवनमा नेकपा एमालेले पनि विशेष चासो राखेको देखिन्छ ।

Advertisement
Advertisement

तत्कालीन माओवादी नेतासमेत रहेका एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को पनि निर्वाचन क्षेत्र रहेकाले चितवन अर्थपूर्ण रहेको देखिन्छ ।

साविक नेकपा खारेज र एमाले विभाजनपछि चितवन राजनीतिक महत्वको रूप देखिएको हो । गत शुक्रबार चितवनमा प्रचण्डले आफू आगामी निर्वाचनमा चितवनबाटै चुनाव लड्ने बताए ।

केही समयअघि बादलले प्रचण्डलाई निर्वाचनमा हराउने अभिव्यक्ति दिएका थिए भने एमाले अध्यक्ष केपी ओलीले पनि प्रचण्डलाई हराउन घुमुरो शैलीमा अभिव्यक्ति दिँदै आएका छन् ।

सोही प्रसङ्गलाई लिएर प्रचण्डले आफूलाई कसैले हराउन नसक्ने, चितवनबाट भागेर नजाने बताएका थिए । उनी काठमाडौं फर्किसकेका छन् ।

प्रचण्ड फर्किएलगत्तै एमाले अध्यक्ष ओली सोमबार चितवन आउँदै छन् । स्थायी कमिटी सदस्य बादल र सुरेन्द्र पाण्डेलाई लिएर उनी चितवन आउन लागेका हुन् । चितवनमा दुई दिनसम्म रहने ओली विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । एमालेको १०औँ महाधिवेशन चितवनमा गर्ने तय भएपछि ओली पहिलो पटक चितवन आउन लागेका हुन् ।

एमाले अध्यक्ष ओली सोमबार बिहान सडकमार्ग हुँदै चितवन आउने नेकपा एमाले चितवनले जनाएको छ । आउँदाआउँदै बाटोमा पर्ने भरतपुर महानगरपालिका–२९ दासढुंगामा मदन भण्डारी र जीवराज आश्रितको श्रद्धाञ्जली कार्यक्रममा उनी सहभागी हुनेछन् । मदन स्मृति पार्कको अवलोकन पनि गर्नेछन् ।

त्यसपछि महाधिवेशनको उद्घाटन सत्र हुने ठाउँ नारायणी नदी किनारको उनले स्थलगत निरीक्षण गर्ने नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । निरीक्षणपछि एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । महानगर कमिटीको अधिवेशन हाकिमचोकस्थित चितवन मिड टाउन रिसोर्टमा हुनेछ ।

अधिवेशनको उद्घाटन सकेर ओली एमाले महाधिवेशनको सम्पर्क कार्यालयको उद्घाटन गर्नेछन् । भरतपुर–७ स्थित एमाले चितवनको पार्टी कार्यालयमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । त्यसपछि उनी सौराहा पुग्ने छन् । सौराहामा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र हुनेछ ।

सौराहा कहाँनेर बन्दसत्र गर्ने भनेर एमालेले अझै निर्णय गरिसकेको छैन । सम्भावित स्थलको अवलोकन सकेपछि स्थानीय नेता कार्यकर्तासँग ओलीको सामान्य भेटघाट हुने कार्यक्रम छ ।

ओलीको सोमबारको रातको बसाइ सौराहामा नै हुने रावलले बताइन् । १६ कात्तिक (मंगलबार) बिहान ओली नारायणी नदी किनार शिवघाटमा पानी जहाजको अवलोकन गर्न जाने उनले बताइन् । पानी जहाजको अवलोकनपछि एमाले अध्यक्ष ओली सिधै माडीको अयोध्यापुरी जानेछन् ।

माडी नगरपालिका–९ अयोध्यापुरीमा अस्थायी राम मन्दिर निर्माण गरिएको छ । त्यसको ओलीले अवलोकन गर्नुका साथै स्थानीयसँग छलफल गर्नेछन् ।

Advertisement

ओलीले आफू सरकारमा भएका बेला रामको जन्म माडीको अयोध्यापुरीमा नै भएको भन्दै त्यस ठाउँमा अस्थायी मन्दिर निर्माण गरी राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गर्न निर्देशन दिएका थिए । राम मन्दिरको अवलोकन सकेर ओली काठमाडौँ फिर्ता हुने कार्यक्रम छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top