जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

१४ कात्तिक ७८, सोमबार

१४ कार्तिक, कैलाली ।

Advertisement

लम्कीचुहा नगरपालिका ४ कौवापुस्थित छत्र बहादुर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। स्थानीय ४१ वर्षीय सुरेन्द्र बोगटी लगायत ९ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ६ सय ४० रुपैयाँ र ५ गड्डी ताससहित पक्राउ गरेको हो।

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top