NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ? बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो बुधबार भदौ १८ , २०८२
पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै बुधबार भदौ १८ , २०८२
Next
Prev

समाचार

लाङ्टाङमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

आइतवार कार्तिक १४ , २०७८
Reading Time: 1 min read
A A
लाङ्टाङमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ कार्तिक, काठमाडौं ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङ्टाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको आगमन क्रमश वृद्वि भएको छ।

गत असोज २२ गते फुलपातिदेखि आन्तरिक पर्यटकको आगमन सुरू भएसँगै हिमाली क्षेत्रमा बन्द रहेको होटल व्यवसाय चलायमान हुन थालेको हो।

LS Auto

दिनहुँ मौसममा सुधार, प्राकृतिक अवलोकनका लागि सहज र कोभिडका कारण बन्द रहेका होटल तथा लज पुनः सञ्चालन भएसँगै दैनिक सरदर करिब २०० को हाराहारीमा आन्तरिक पर्यटकको आवागमन भइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शुष्मा रानाले बताइन्।

विदेशी पर्यटक भने फाट्टफुट्ट रूपमा मात्र आएका छन्। कोरोना भाइरसको सङ्क्रमण अवस्था शून्यतामा झरि सकेकाले हिमाली पदयात्रीले निर्धक्क साथ आफ्नो यात्रा गरिरहेका छन्।

बेँसीबाट लेक चढ्दा चिसोका कारण रूघाखोकी लाग्न सक्ने भएकाले तातोपानी पिउने र न्यानो कपडा लगाउन यात्रुलाई चिकित्सकले सुझाव दिएका छन्। चिसोको कारण उत्पन्न रूघाखोकी लाग्दा नआत्तिन आग्रह गर्दै चिकित्शकले भनेका छन्–तलतल झर्दा क्रमशः आराम हुँदै जान्छ।

मानववस्ती नजिक हिमनदी अवस्थित लाङ्टाङको क्याङ्जेन क्षेत्रले पर्यटकलाई मनमोहक बनाई पठाउने गरेको र सुनसान रहेको हिमाली क्षेत्रमा मनिसको चहल बढेसँगै स्थानीयस्तरमा उत्साह बढेको पर्यटन व्यवसायी ढिण्डुप तामाङले बताए।

पदयात्रामा युवा आउने गरेको र लाङ्टाङ क्षेत्रमा भ्रमण गर्ने आन्तरिक पर्यटक आफ्नो पदयात्रापछि प्रफुल्लित भएर फर्कने गरेको व्यवसायी तामाङले बताए। पर्यटकीय क्षेत्रका सबै स्थानमा होटल तथा लज सञ्चालनमा आइसकेको जानकारी दिँदै पर्यटन होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान उपनामले परिचित रामशरण गजुरेलले निर्धक्क साथ यात्रा गरी प्राकृतिक आनन्द लिन आग्रह रेका छन्।

यस्तै धार्मिक एवं पर्यटकिय क्षेत्र गोसाइँकुण्ड क्षेत्रको पदमार्गमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ। गोसाइँकुण्डको स्थान तथा पूजाआजा र प्राकृतिक छटाको दृश्य अवलोकनका लागि पर्यटक एवं धार्मिक यात्रुको रूपमा अधिकांश मानिस गोसाइँकुण्ड जाने गरेका छन्।

आन्तरिक पर्यटकको आगमन बढेसँगै रसुवाका पर्यटकीय क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत पार्न सुरक्षा गस्ती बढाइएकाले निधक्कका साथ यात्रा गर्न सम्पूर्ण पदयात्रीलाई आग्रह गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए।

लाङ्टाङ तथा गोसाइँकुण्ड निकुञ्जको संरक्षित क्षेत्रमा पर्ने भएकाले हिमाली पदयात्रा गर्दा, फोहर जथाभावी नफ्याक्न, लठ्ठीको लागि बोटबिरूवा नकाट्न र वन्यजन्तु तर्सने खाले कुनै क्रियाकलाप नगर्न लाङ्टाङ् राष्ट्रिय निकुञ्जले पदयात्रीलाई आग्रह गरेको छ।

लोकप्रीय

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२

विचार

थप समाचार

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए
अन्तर्राष्ट्रिय

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो
ताजा समाचार

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए
अन्तर्राष्ट्रिय

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.