×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

लाङ्टाङमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

१४ कार्तिक २०७८

१४ कार्तिक, काठमाडौं ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङ्टाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको आगमन क्रमश वृद्वि भएको छ।

Advertisement
Advertisement

गत असोज २२ गते फुलपातिदेखि आन्तरिक पर्यटकको आगमन सुरू भएसँगै हिमाली क्षेत्रमा बन्द रहेको होटल व्यवसाय चलायमान हुन थालेको हो।

दिनहुँ मौसममा सुधार, प्राकृतिक अवलोकनका लागि सहज र कोभिडका कारण बन्द रहेका होटल तथा लज पुनः सञ्चालन भएसँगै दैनिक सरदर करिब २०० को हाराहारीमा आन्तरिक पर्यटकको आवागमन भइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शुष्मा रानाले बताइन्।

विदेशी पर्यटक भने फाट्टफुट्ट रूपमा मात्र आएका छन्। कोरोना भाइरसको सङ्क्रमण अवस्था शून्यतामा झरि सकेकाले हिमाली पदयात्रीले निर्धक्क साथ आफ्नो यात्रा गरिरहेका छन्।

बेँसीबाट लेक चढ्दा चिसोका कारण रूघाखोकी लाग्न सक्ने भएकाले तातोपानी पिउने र न्यानो कपडा लगाउन यात्रुलाई चिकित्सकले सुझाव दिएका छन्। चिसोको कारण उत्पन्न रूघाखोकी लाग्दा नआत्तिन आग्रह गर्दै चिकित्शकले भनेका छन्–तलतल झर्दा क्रमशः आराम हुँदै जान्छ।

मानववस्ती नजिक हिमनदी अवस्थित लाङ्टाङको क्याङ्जेन क्षेत्रले पर्यटकलाई मनमोहक बनाई पठाउने गरेको र सुनसान रहेको हिमाली क्षेत्रमा मनिसको चहल बढेसँगै स्थानीयस्तरमा उत्साह बढेको पर्यटन व्यवसायी ढिण्डुप तामाङले बताए।

पदयात्रामा युवा आउने गरेको र लाङ्टाङ क्षेत्रमा भ्रमण गर्ने आन्तरिक पर्यटक आफ्नो पदयात्रापछि प्रफुल्लित भएर फर्कने गरेको व्यवसायी तामाङले बताए। पर्यटकीय क्षेत्रका सबै स्थानमा होटल तथा लज सञ्चालनमा आइसकेको जानकारी दिँदै पर्यटन होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान उपनामले परिचित रामशरण गजुरेलले निर्धक्क साथ यात्रा गरी प्राकृतिक आनन्द लिन आग्रह रेका छन्।

यस्तै धार्मिक एवं पर्यटकिय क्षेत्र गोसाइँकुण्ड क्षेत्रको पदमार्गमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ। गोसाइँकुण्डको स्थान तथा पूजाआजा र प्राकृतिक छटाको दृश्य अवलोकनका लागि पर्यटक एवं धार्मिक यात्रुको रूपमा अधिकांश मानिस गोसाइँकुण्ड जाने गरेका छन्।

आन्तरिक पर्यटकको आगमन बढेसँगै रसुवाका पर्यटकीय क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत पार्न सुरक्षा गस्ती बढाइएकाले निधक्कका साथ यात्रा गर्न सम्पूर्ण पदयात्रीलाई आग्रह गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए।

Advertisement
Advertisement

लाङ्टाङ तथा गोसाइँकुण्ड निकुञ्जको संरक्षित क्षेत्रमा पर्ने भएकाले हिमाली पदयात्रा गर्दा, फोहर जथाभावी नफ्याक्न, लठ्ठीको लागि बोटबिरूवा नकाट्न र वन्यजन्तु तर्सने खाले कुनै क्रियाकलाप नगर्न लाङ्टाङ् राष्ट्रिय निकुञ्जले पदयात्रीलाई आग्रह गरेको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top