नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीलाई सम्मान

१४ कात्तिक ७८, सोमबार

१४ कार्तिक, काठमाडौं ।

Advertisement

सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ।

युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उनलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान गरेका हुन्।

Advertisement

आल्मुताइरीको मुख्य प्रशिक्षणमा माल्दिभ्स्मा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो।

नेपाललाई पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा उपविजेतासम्म पु¥याउन उल्लेखनीय योगदान दिएवापत युवा तथा खेलकुद मन्त्रालयले योगदानको कदर गर्दै सम्मान गरेको हो।

Advertisement

उक्त प्रतियोगितामा नेपालसहित, माल्दिभ्स, भारत, श्रीलङ्का र बङ्गलादेशले भाग लिएका थिए। भारतसँग ३–० ले पराजित भई नेपाल उपविजेता बनेको थियो।

सम्मान समारोहमा मन्त्री गहतराजले छोटो समयमै प्रशिक्षक अल्मुताइरी फुटबल खेलाडी मात्र नभएर सम्पूर्ण नेपालीको हृदयमा बस्न सफल भएको भनी योगदानको स्रराहना गरे।

उनले भने, ‘नेपाल फर्किएकामा खुशी लागेको छ, तपाई खेलाडीका लागि मात्र होइन, नेपालकै असल मित्र हुनुहुन्छ, सरकारले खेल क्षेत्रका समस्या बुझेको छ, सम्बोधन गर्न तयार छ।’

अल्मुताइरीको नेतृत्वमा नेपाली फुटबलको विकास र विस्तारमा थप महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्दै मन्त्री गहतराजले भने, ‘मन्त्रालय तपाईको साथमा छ, तपाई खेलाडीका साथमा हुनुहुन्छ।’

युवा तथा खेलकुद मन्त्रालयका कामु सचिव डा कमल पोखरेलले प्रशिक्षक र खेलाडीको निरन्तरको अभ्यास एवं ठूलो मेहनतबाट नेपालले सकारात्मक नतिजा प्राप्त गर्न सफल भएको बताए।

सम्मानित व्यक्तित्व मुख्य प्रशिक्षक अल्मुताइरीले समग्र खेलाडी र आफ्नो कडा परिश्रमबाट नेपालले फुटबलमा उच्चस्तरको नतिजा हासिल गरेको प्रतिक्रिया दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top