न्यायालयको संकट समाधान नगरी प्रधानमन्त्री विदेश भ्रमणमा जानु देशकै बेइज्जत ; पूर्वराष्ट्रपति यादव

१४ कार्तिक, काठमाडौं ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवले न्यायालयको संकट समाधान नगरी प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा गएर देशको बेइज्जत गरेको टिप्पणी गरेका छन् । देशमा संकट रहेका बेला त्यसलाई समाधान नगरी विश्वका सामू देशको बेइज्जत गरेको उनको भनाइ छ ।

उनले भने, ‘आज संसारको सामुन्य न्यायालयको अवस्था यस्तो छ । तर, सम्माननीय प्रधानमन्त्री बेलायत जानु भएको छ । तर आज बेलायतको सामुन्ने संसारसामु न्यायालयको यो अवस्था छ । यस्तो अवस्थामा हामी संसारको सामुन्ने टाउको देखाउन सक्छौं ?’

आइतबार बीपी विचार राष्ट्रिय समाजद्वारा लिखित बीपी विचार नीति, सिद्धान्त र व्यवहार नामक अनुसन्धानमुलक ग्रन्थको लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादबले प्रधानन्यायाधीश विवादमा तानिदा सर्वोच्च अदालतको स्थिति डामाडोल भएको बताए ।

डा. यादवले सरकारले यस्तो अवस्थमा समस्या समाधानका लागि अग्रसरता लिनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । उनले कानूनविद्, संविधानविद्हरुसँग सल्लाहा गरेर भए पनि सरकारले विवाद समाधान गर्नुपर्ने उनको सुझाव छ । उनले यो प्रकरणमा दलहरु पनि मुकदर्शक भएको प्रतिक्रिया दिए ।

पूर्वराष्ट्रपति यादवले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक्लिँदा पनि किन राजीनामा दिँदैनन् भन्दै दलहरुमाथि प्रश्न गरे । उनले भने, ‘न्यायालयमा सारा न्यायाधीशहरू एकातिर छ । बुद्धिजीविहरु एकातिर छ । संविधानविद्हरु, कानुनविद्हरु एकातिर छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन कि म छोड्दिन ।’

उनले प्रधानन्यायाधीश राणा एक्लै पनि इजलासमा बस्नुलाई आश्चार्यजनक भएको बताए । उनले भने, ‘केही नभए पनि एक्लै बेञ्चमा बस्छ । कसको तागतमा ? तर पनि कि आजसम्म पोलिटिकल पार्टीहरुले उनीहरुको त कुरा छोडिदिऊँ । सरकार देशको प्रतिनिधि हो । ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन ? कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन ?’

फरक प्रसंगमा पूर्वराष्ट्रपति ययादवले लोकतन्त्रको माध्यमबाट आएको नेपालको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, समावेशी र धर्मनिरपेक्ष रहे पनि दुई पटक संसद भंग गरेर जनताको सार्वभौम संस्थालाई हत्या गर्ने काम गरेको आरोप लगाए । संविधान राम्रो छ भनेर बीपी विचार राष्ट्रिय समाजले व्यापक छलफल, अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले नेपालमा राजनीति गर्नेहरुले राष्ट्र, राष्ट्रियता समाजबाद र प्रजातन्त्र बुझ्नका लागि बीपीको जीवन दर्शन अध्ययन गर्न आवश्यक रहेको धारणा राखे । बीपीलाई अलग गरेर कांग्रेसलाई बुझ्न नसकिने भन्दै अहिले कांग्रेसको अवस्था नाजुक रहेको बताए ।

भर्खरको समाचार

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top