कुकुरले टोकेको भैंसीको मासु खाँदा १४० जना बिरामी

१४ कात्तिक ७८, सोमबार

१४ कार्तिक, बुटवल ।

रुपन्देहीमा बिरामी भैंसीको मासु खाँदा करिब १४० जना बिरामी परेका छन् । सैनामैना नगरपालिका–७ देउवापारमा बिरामी परेको भैंसीको मासु पकाएर खाँदा १४० जना एकसाथ बिरामी परेपछि गाउँ नै त्रसित बनेको छ ।

कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेर खाँदा सैनामैना–७ देउवापारस्थित स्मृति टोलमा स्थानीय बिरामी पर्न थालेपछि गाउँमा रेबिज संक्रमणको त्रास फैलिएको हो ।

गत १९ असोज घटस्थापनाका दिन सैनामैना–८ पिपलडाँडा ठूलीओकाली निवासी एक स्थानीयसँग स्मृति टोलका केही व्यक्ति भैंसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेका थिए । १९ असोजमा घटना भए पनि अहिले स्थानीय बिरामी पर्न थालेपछि मात्र सो घटना सार्वजनिक भएको हो ।

सैनामैना–७ का वडा अध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृति टोल निवासी दुई व्यक्तिले पिपलडाँडाबाट भैंसी ल्याई काटेर बिक्री गरेका थिए । सो भैंसीको मासु स्मृति टोलसँगै सैनामैना–८ र कञ्चन गाउँपालिका–१ का गरी १४० जनाले पकाएर खाएका थिए ।

भैंसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको र स्मृति टोलका केही व्यक्तिले छालाको लागि भनेर सो भैंसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेको पाइएको वडा अध्यक्ष बेल्वासेले जानकारी दिए ।

उनले भने, ’भैंसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको रहेछ । उहाँहरुले हामीले छाला मात्र प्रयोग गर्छौं भनि उक्त भैंसी मालिकको घरबाट ल्याउनुभएछ र गाउँमा काटेर बिक्री गर्नुभएको रहेछ ।’

बिरामी भैंसीको मासु खानेमा बच्चादेखि वृद्धसम्म छन् । अस्वस्थ मासु बिक्री वितरण गरेको हुनाले उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीलाई अनुरोध गरिसकेको वडाध्यक्ष बेलबासेको भनाइ छ । घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृति टोलका ७० जनालाई रेविज विरुद्धको खोप लगाइएको छ ।

यसबारे नगरपालिकाले तत्कालै लुम्बिनी प्रदेश सरकार र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा खोपको पहल गरी ७० जनालाई खोप लगाइएको नगर प्रमुख चित्रबहादुर कार्कीको भनाइ छ ।

नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार कुल १४० मध्ये मासु काटेका र नपाकेको मासु छोएका ७० जनालाई रेविज विरुद्धको पहिलो खोप दिइएको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top