टी-२० विश्वकप : भारतमाथि न्युजिल्यान्डको सानदार जित

१५ कात्तिक, एजेन्सी ।

आइसिसी टि२० विश्वकप २०२१ मा न्युजिल्यान्डले भारतमाथि सानदार जित हात पारेको छ । आइतबार भएकाे खेलमा सुपर १२ को समूह २ मा रहेको न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको हाे । लगातार दोस्रो लज्जास्पद हारसँगै उपाधिको दाबेदार भारत भने समूह चरणबाटै बाहिरिने सम्भावना उच्च बढेको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले ३५ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । कप्तान केन विलियम्सन ३१ बलमा ३ चौका सहित ३३ रनमा अविजित रहे ।

अर्का ओपनर मार्टिन गुप्टिल १७ बलमा ३ चौका सहित २० रनमा आउट भएका थिए । तीव्र गतिका बलर जस्पित्र बुमराह चौथो ओभरको चौथो बलमा गुप्टिल शार्दुल ठाकुरबाट क्याच आउट भएका थिए । बुमराहलेनै १३ औं ओभरको चौथो बलमा मिचेललाई लोकेश राहुलबाट लङअनमा क्याच गराएपछि अर्धशतक बनाउन एक रनले चुकेका थिए । भारतका जस्प्रित बुमराहले २ विकेट लिए ।

त्यसअघिटस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १० रन मात्र बनाउन सकेके थियो । विश्वस्तरिय ब्याटरले भरिभराउ भारतीय टोलीले न्युजिल्यान्डको बलिङ सामू लज्जास्पद ब्याटिङ गर्दै महत्वपूर्ण खेलमा सामान्य योगफलमै समेटिएपछि लज्जास्पद हार बेहोरेको हो । भारतका अलराउन्डर रविन्द्र जडेजा १९ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक २६ रनको योगदान दिए । हार्दिक पान्ड्याले २४ बलमा १ चौका सहित २३ रन बनाए ।

ओपनर ईशान किशनलाई तेस्रो ओभरको पाँचौं बलमा ट्रेन्ट बोल्टले डर्याल मिचेलबाट ४ रनमा क्याच गराउँदै न्युजिल्यान्डलाई पहिलो सफलता दिलाएका थिए । लगत्तै अर्को बलमा पुल सट खेलेका रोहित शर्माको क्याच एडम मिल्नेले क्याच ड्रप गरेपछि गोल्डेन डकबाट बचेका थिए । तीव्र गतिका बलर टिम साउथीले छैटौं ओभरको पाँचौं बलमा अर्का ओपनर लोकेश राहुललाई १८ रनमा डर्याल मिचेलबाटै क्याच गराएका थिए । राहुलले १६ बलमा ३ चौका प्रहार गरे । ठूलो सट खेल्ने धुनमा राहुल डीप स्क्वायर लेगमा समातिन पुगेका थिए ।

पहिलो बलमै जीवनदान पाएका रोहित शर्मा १४ रनमै आउट हुन पुगे । स्पिनर ईश सोधीको बलमा रोहित मार्टिन गुप्टिलबाट क्याच भएपछि भारत समस्यामा परेको थियो । रोहितले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे । स्पिनर ईश सोधीको ११ औं ओभरको पहिलो बलमा विराट कोहली ठूलो सट खेल्ने धुनमा बोल्टबाट लङअनमा ९ रनमा क्याच आउट भएपछि भारत संकटमा परेको थियो । कोहलीले १७ बल खेलेका थिए ।

मिल्नेले विकेटकिपर ऋषभ पन्तलाई १२ रनमा बोल्ड आउट गरे । १९ बल खेलेका पन्तले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । पन्त बोल्ड आउट हुँदा भारत १४.३ ओभरमा ७०–५ को अवस्थामा पुगेको थियो । भारतले खेलमा ५.१ ओभरपछि १७ ओभरको अन्तिम बलमा बाउन्ड्रीको रुपमा चौका प्रहार गरेको थियो । पहिलो पावर प्लेमा अर्थात सुरुवाती ६ ओभरमा भारत ३५–२ को अवस्थामा थियो । तर त्यसपछि खराब ब्याटिङका साथ सामान्य योगफलमा समेटिएको थियो ।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । स्पिनर ईश सोधीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । एडम मिल्ने र टिम साउथीले १–१ विकेट लिए ।

भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । भारतले अव अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । भारतले बाँकी तीनै खेलमा विजयी हुँदा पनि ६ अंक हुनेछ । अव भारतको सेमिफाइनल यात्रा न्युजिल्यान्डको नतिजामा भर पर्नेछ । न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

न्युजिल्यान्डले अव अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । तीनै खेलमा विजयी भएमा न्युजिल्यान्ड सोझैं सेमिफाइनलमा पुग्नेछ । पाकिस्तान सुरुवाती तीन खेलमा तीनमा जितका साथ सेमिफाइनल पक्कानै बनाएको छ । औपचारिकता बाँकी छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top