प्रधानन्यायाधीश राणाले खोजे ‘सम्मानजनक बहिर्गमन’

१४ कात्तिक ७८, सोमबार

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू निकटका न्यायाधीशमार्फत इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई आफू सम्मानजनक निकास दिने निचोडमा पुगेको सन्देश पठाएका छन् । प्रधानन्यायाधीश निकट न्यायाधीश डा. मनोजकुमार शर्मालाई उनले सो सन्देश पठाएका हुन् ।

‘आइतबार संयुक्त बैठकमा न्यायाधीश शर्माले प्रधानन्यायाधीश राणाको सन्देश सुनाउँदै भन्नुभयो, सम्माननीयज्यूले सम्मानजनक निकास चाहनुभएको छ । कसरी छलफल गर्न सकिन्छ भनेर भन्नुभयो,’ एक न्यायाधीशले राजधानीसँग भने, ‘त्यसपछि हामीले छलफल गरेर एकपटक वार्ताका लागि समिति बनाउने निर्णयमा पुग्यांै ।’

सम्मानजनक बहिर्गमनको बाटोमा रहेको कुरा आएपछि न्यायाधीश डा. शर्मासहितको तीन सदस्य वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र न्यायाधीश डा. मनोजकुमार शर्मा छन् । आइतबार नै सो टोलीले प्रधानन्यायाधीशसँग एक चरण छलफल गरिसकेको एक न्यायाधीशले जानकारी दिए । प्रधानन्यायाधीशसँग भेटको निष्कर्ष के आयो भन्नेबारेमा सोमबारको बैठकमा छलफल हुने ती न्यायाधीशले जानकारी दिए ।

सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीश राणाले अहिले खोजेको सम्मानजनक बहिर्गमन भनेको आउँदो वर्षको असार मसान्तसम्म प्रधानन्यायाधीश रहने हो । असार मसान्तलगतै राजीनामा दिएर मार्ग प्रशस्त गर्ने प्रधानन्यायाधीश राणाको मूल सन्देश रहेको स्रोतले बतायो ।

२७ मंसिर २०७९ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउने जबराले २०७९ असार मसान्तबाट बिदा हुने सांकेतिक सन्देश पठाएका हुन् । त्यसो हुँदा अहिले रोलक्रममा रहेका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की तीन महिनाका लागि प्रधानन्यायाधीश हुन पाउनेछन् । कार्कीको अवकाशपछि रोलक्रमअनुसार न्यायाधीश मीरा खड्काको वैशाखमै अवकाश हुने भएपछि न्यायाधीश हरिकृष्ण कार्की दुई महिनाअघि नै प्रधानन्यायाधीश हुनेछन् ।

नेपाल बारले सुरु ग-यो आन्दोलन
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन सुरु गरेको छ । आइतबार नेपाल बारले १ घण्टा हातमा कालोपट्टी बाँधेर प्रधानन्यायाधीशविरुद्ध आन्दोलनको सुरुवात गरेको हो ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top