प्रधानन्यायाधीशको सन्देशपछि पनि रोकिएन वकिलको आन्दोलन

प्रधानन्यायाधीशको सन्देशपछि पनि रोकिएन वकिलको आन्दोलन

१५ कार्तिक , काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले आन्दोलन जारी राखेका छन् ।

आइतबारबाट कालो पट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरूले सोमबार पनि आफ्नो आन्दोलनलाई जारी राखेका छन् ।

प्रधानन्यायाधीश जबराले आफू ‘सम्मान जनक बहिर्गमन’को पक्षमा रहेको सन्देश दिइसकेका अवस्थामा पनि उनको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आन्दोलन जारी राखेका छन् ।

बारसहित सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरू प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका छन् । उनीहरू इजलासमा समेत बसेका छैनन् ।

सोही क्रममा आन्दोलनमा उत्रिएका न्यायाधीशहरूलाई जबराले आफू सम्मानजनक बहिर्गमन हुन चाहेको सन्देश पठाएका थिए ।

कार्यपालिकासँग मिलेर राजनीतिक भाग खोजेको आरोप लगाउँदै प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वाेच्चकै न्यायाधीश र कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.