प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल

१५ कात्तिक ७८, सोमबार
Share this
709shares

१५ कार्तिक, पोखरा ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज पोखरामा दीपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने कुरामा सरकार जान नसक्ने स्पष्ट पारे।

Advertisement

पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको जनाउँदै उनले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानुन यसका विरुद्धमा हुन नसक्ने उल्लेख गरे।

सरकारका कामकारबाही एवं गतिविधिका सम्बन्धमा प्रेस जगतबाट तथ्यगत समारचाको अपेक्षा गरिएको जनाउँदै उनले आफूहरूले तारिफ नचाहेको बताए।

Advertisement

प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनले राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको जनाउँदै अहंकार र घमण्डले केवल दुर्दशा तथा अस्थिरता ल्याउने बताए। नेपालीका यी महान चाडले राष्ट्रिय एकता कायम गर्ने उनले बताए।

शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधिमन्त्री मेखलाल श्रेष्ठले सरकार प्रदेशवासीलाई खोपको व्यवस्थाका साथै बाढीपहिरो एवं प्राकृतिक विपत्तिको उद्धार, राहत आदिमा क्रियाशील बनेको बताए।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले पत्रकारिता क्षेत्रलाई राज्यले चौंथो अंगका रुपमा स्थापित गरे पनि अझै कतिपय स्थानमा समाचार लेखनकै सन्दर्भमा डर तथा धम्की सामना गर्नुपर्ने अवस्था रहेको बताए।

पत्रकारमैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिँदै उनले पत्रकारले पनि सत्यतथ्यमा आधारित भई समाचार संकलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top