५२ प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा

१४ कात्तिक ७८, सोमबार

१५ कार्तिक, काठमाडौं ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमा बैंकले ५६ करोड ७८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसैअवधिमा बैंकले ३७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी १८ दशमलव ८४ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ३३ दशमलव ७१ प्रतिशतले बढेको छ । बैंकको खराब कर्जा पनि शून्य दशमलव २९ प्रतिशतले घटेर शून्य दशमलव ११ प्रतिशत पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा एक अर्ब ९६ करोड रुपैयाँ रहेको छ । गत वर्ष यसको वितरण योग्य नाफा १० करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ६८ करोड १५ लाख १९ हजार रुपैयाँ छ ।

रिटेन्ड अर्निङसहित बैंकको जगेडा कोष रकम पाँच अर्ब ७५ करोड १५ लाख रुपैयाँभन्दा बढी छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी छ रुपैयाँ १४ पैसाले बढेर २२ रुपैयाँ ७८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा रहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top