कोरोनापछि बन्द अस्ट्रेलिया र थाइल्याण्डको सीमा खुला, विमानस्थलमा चकलेट र फूल दिएर स्वागत

१४ कात्तिक ७८, सोमबार

१५ कार्तिक, काठमाडौं ।

Advertisement

अस्ट्रेलिया र थाइल्याण्डले अन्तर्राष्ट्रिय सीमा खोलेका छन्। कोरोना भाइरस संक्रमणको विश्वव्यापी लहरपछि १८ महिनायता बन्द रहेको सीमा सोमबारबाट खुला गरिएको हो। सयौंको संख्यामा खोप लगाएका विदेशी पर्यटक थाइल्याण्डको राजधानी पुगेका थिए।

दक्षिण पूर्वी एशियाली देश थाइल्याण्डले चीन र अमेरिकासहित ६० देशका नागरिकका लागि क्वारेन्टिन फ्री यात्राका लागि अनुमति प्रदान गरेको हो। कयौं युरोपेली राष्ट्रपनि सूचीमा रहेका छन् किनकी थाइल्याण्ड यस क्षेत्रको सबैभन्दा लोकप्रिय स्थलमध्ये एक हो।

Advertisement

सिड्नीमा पनि कोरोना लहरपछिको पहिलो उडान भएको छ। जहाँ अस्ट्रेलिया आएकाहरुलाई सयौं नागरिकका परिवार र साथीले बधाइ दिए। अस्ट्रेलियाली चकलेट, बिस्कुट र फूलहरुका उपहार उनीहरुलाई दिइएको थियो। अप्रिल २०२०पछि बिना परिमिट र क्वारेन्टिन विनानै अस्ट्रेलिया प्रवेश गर्ने उनीहरु पहिलो व्यक्ति बनेका थिए।

’यो केही डरलाग्दो र रोमाञ्चक छ,‍’ एथन कार्टरले भने। जो लस एन्जलसबाट क्वान्ट्टास एयरवेजको उडानमार्फत आएका थिए। ’म आमालाई हेर्न घर आएको हुँदा जो ठिक छैनन्’ उनले भने।

Advertisement

अहिले केही प्रान्त र अस्ट्रेलियन नागरिक, स्थायी बासिन्दा र न्यूजिल्याण्डका नागरिकका लागि खोलिएको छ। तर श्रमिक र अन्तर्राष्ट्रिय पर्यटकका लागि पनि चाँडै सहजता प्रदान गर्ने तयारी अस्ट्रेलिया सरकारले गरेको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top