जलवायु परिवर्तन न्यूनीकरणमा मानव जाति सचेत हुनुपर्छ -राष्ट्रपति

१४ कात्तिक ७८, सोमबार

१५ कार्तिक, मनाङ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्षरुपमा असर गर्ने कारकतत्वको न्यूनीकरणका लागि मानव जाति सचेत हुनुपर्ने बताएकी छन् ।

आज मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने बताएकी हुन् ।

वातावरणीय सन्तुलन कायम राख्न वनजङ्गल र वनस्पतिको महत्वपूर्ण योगदान रहने भन्दै यसका लागि मानव जातिको मुख्य भूमिका रहेको र सबैले मिलेर वातावरण जोगाएमात्र मानव जातिको अस्तित्व जोगिन्छ भन्ने चेतना र अठोटका साथ लाग्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

गत असार १ गते आएको बाढीपहिराका कारण हिमाली जिल्ला मनाङलाई तहसनहस बनाउँदा दुखित तुल्याएको उनले बताइन् । मौसम अनुकूलताका आधारमा गरिएको खेती तथा व्यवसायले व्यक्ति र देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सहयोग पुग्ने राष्ट्रपति भण्डारीले बताइन् ।

विश्वभर जलवायु परिवर्तनले असर गरिरहेको अवस्थामा नेपाल पनि अछुतो नरहेको बताउँदै राष्ट्रपति भण्डारीले यसका कारकहरुको न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गरिन् ।

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष देखिएको उनले बताइन् । जलवायु परिवर्तनले हिम रेखामाथि सर्दै गएको र यसलाई यथास्थितिमा कायमै राख्न यहाँ मौसम अनुकूलनका उत्पादन र प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान पु–याउनुपर्ने देखिएको उनको भनाइ थियो । हिमाली क्षेत्रमा उत्पादन हुने वस्तु र प्राकृतिक वस्तुको संरक्षणमा यहाँका बासिन्दाले प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

विश्वका ठूला देशहरुका कारण त्यसको असर हामीले भोग्नुपरिरहेको छ भन्दै राष्ट्रपति भण्डारीले मानव जातिकै लागि हामीहरुले पनि विश्वलाई सचेत गराइरहनुपर्ने बताइन् ।

उनले आजदेखि स्कटल्याण्डमा सुरु हुन लागेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन र त्यसमा नेपालको प्रतिनिधित्वको स्मरण पनि गरिन् । यस्ता सम्मेलनमार्फत् हामीले पनि हाम्रा हिमाली बस्ती मात्र नभएर देशमा जलवायु परिवर्तनले पारेका प्रभावका बारेमा विश्वलाई जानकारी गराइरहनुपर्ने उनको धारणा थियो ।

राष्ट्रपति भण्डारी सोमबार मनाङ आएकी थिइन्। उनले मनाङमा सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकन भ्रमण गरिन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रका बारेमा पनि उनले जानकारी लिएकी थिइन् । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण यस हिमाजी जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि जानकारी लिएकी थिइन् ।

प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले सञ्चालन गर्दै आएको एग्रो मनाङ प्रालि नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म हो । यहाँ इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेन जातका स्याउ लगाइएको छ । ७३५ रोपनी क्षेत्रफलमा उक्त फार्म सञ्चालनमा छ ।

स्थानीय सरकारका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवं सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति भण्डारीले यहाँको अवस्थाका बारेमा सामान्य सोधपुछ गरेकी थिइन्

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top