×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अष्टलक्ष्मीको सिको गर्दै राजीनामा घोषणा गरे प्रदेश-१ का मुख्यमन्त्री आचार्यले

१५ कार्तिक २०७८

१५ काार्तिक, काठमाडौं ।

बहुमत जुटाउन नसकेपछि प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका छन् ।

Advertisement
Advertisement

वागमती प्रदेशकी निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जस्तै आचार्यले पनि बहुमत जुट्ने नदेखेपछि विश्वासको मत लिनुअघि राजीनामा घोषणा गरेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएयता आफ्नो सरकारले गरेका कामका बारेमा जानकारी दिँदै राजीनामा घोषणा गरेका हुन् । उनी १० भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनीभन्दा अगाडि एमालेकै शेरधन राई मुख्यमन्त्री थिए । उनले राजीनामा दिएपछि बहुमतप्राप्त दलको नेताको हैसियतमा आचार्य मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री आचार्यले प्रस्तुत गरेको विश्वासको मत प्रस्तावमाथि निर्णय गर्न सोमबार प्रदेशसभा बैठक बसेको थियो । मत विभाजनअघि नै राजीनामा दिएका हुन् । उनले ५ कात्तिकमा प्रदेशसभामा विश्वासको मत प्रस्ताव गरेका थिए ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१ (सभामुखसहित), कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा (एकीकृत समाजवादी) १०, जसपा तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन् । तीमध्ये एमालेका एक सांसद किर्ते मुद्दामा परेपछि फरार छन् ।

Advertisement

कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी ४९ सांसद छन् । बहुमत पु¥याउन ४७ सांसद भए पुग्छ । विपक्षी गठबन्धनसँग नयाँ सरकार बनाउन पर्याप्त संख्या छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top