कर्णालीका मुख्यमन्त्री शाहीले आज राजीनामा दिन सक्ने

१४ कात्तिक ७८, सोमबार

१५ कार्तिक, सुर्खेत ।

Advertisement

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक सोमबार साँझ ५ बजे बस्ने भएको छ ।

गत ३ वैशाखमा विश्वासको मत लिँदा कांग्रेससँग ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहमति गरेका थिए । सोही सहमतिअनुसार राजीनामा आउन सक्ने स्रोतले बताएको छ ।

Advertisement

मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रसाद शर्माले कांग्रेसले सहमति कार्यान्वयन गर्न जोड दिएको र केन्द्रीय सत्ता गठनबन्धनको कुनै निर्देशन नआएको अहिले एकिन भन्न नसकिने बताए ।

कर्णाली प्रदेश सरकारको आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने र मुख्यमन्त्री शाहीको राजीनामा आउन सक्ने स्रोतले जानकारी दिएको छ । कांग्रेसबाट जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने चर्चा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top