क्लिन इनर्जीमा लगानी गर्न सबैभन्दा राम्रो वातावरण नेपालमा : प्रधानमन्त्री देउवा

१५ कार्तिक, लन्डन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्न अत्यन्तै राम्रो वातावरण रहेको बताएका छन् ।

विशेषगरी क्लिन इनर्जीको क्षेत्रमा लगानी गर्नका लागि नेपाल सबैभन्दा राम्रो गन्तव्य रहेको उनले भनाइ छ ।

स्कटल्यान्डको ग्लास्गोमा सुरु जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन बेलायत आएका प्रधानमन्त्रीले लन्डनमा पत्रकारहरूसँगको कुराकानीमा नेपालको लगानीमैत्री वातावरणका बारेमा प्रष्ट्याएका हुन् ।

वातावरणमैत्री हाइड्रोपावरमा लगानी गर्न नेपाल सबैभन्दा उचित स्थान भएको बताउँदै उनले गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्तासमक्ष निश्चिन्त भएर लगानी गर्न आह्वान पनि गरे ।

पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जलविद्युतलगायत क्लिन इनर्जीको प्रयोग गरेर दीगो विकासमा टेवा पु¥याउनुपर्ने उनले उल्लेख गरे ।

‘इच्छुक लगानीकर्ताहरूका लागि नेपालमा लगानीको वातावरण अत्यन्तै राम्रो छ । जलविद्युतको उत्पादन तथा प्रयोग बढाउँदै अब ऊर्जाका लागि क्लिन इनर्जीको प्रयोग गर्नुपर्छ ।

इलेक्ट्रिक कारको प्रयोगलाई प्रोत्साहन गर्नेछौँ, खाना पकाउनका लागि पनि ग्यासको सट्टा बिजुलीकै प्रयोग गर्दै जानुपर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा हाइड्रोपावरमा लगानी गर्न सबैलाई स्वागत छ । एनआरएन वा विदेशी लगानीकर्ता जो आउनुभए पनि लगानी सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता गर्छु ।’

देशमा स्थायी सरकार नहुँदा लगानीकर्ताहरू निश्चिन्त भएर लगानी गर्न नसकेको भन्ने जिज्ञासामा प्रधानमन्त्री देउवाले लगानी सुरक्षाको सुनिश्चितता सरकारले नभएर कानूनले गर्ने बताएका थिए ।

‘गैरआवासीय नेपाली वा वैदेशिक लगानीकर्ता जोसुकै नेपालमा लगानी गर्न आउनूस्, सुरक्षाको ग्यारेन्टी हुनेछ । लगानीको सुरक्षा हुने वातावरण सरकारले होइन, कानूनले बनाउने हो ।

लगानीकर्ताहरू निश्चिन्त हुनसक्ने बलियो कानून हामीले बनाएका छौँ । जुनसुकै सरकार रहोस्, लगानी सुरक्षा हुने ग्यारेन्टी त्यही कानूनले गर्छ,’ देउवाले भने ।

लन्डनस्थित नेपाली दूतावासमा आयोजित अन्तक्र्रियामा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आन्दोलनरत गोर्खा सैनिकहरूप्रति सद्भाव पनि व्यक्त गरेका थिए । विश्वयुद्धमा शत्रुसँग लडेका गोर्खा सैनिकहरू हाल आफ्नै अधिकारका लागि लडिरहनु परेकोमा खेद व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आन्दोलनमा ऐक्यबद्धता पनि प्रकट गरेका थिए ।

यस्तै, विदेशमा बसेर पनि गैरआवासीय नेपालीहरूले नेपालप्रति देखाएको असीम मायाका लागि प्रधानमन्त्री देउवाले आभार समेत व्यक्त गरेका छन् । साथै, नेपालको नागरिकता लिन चाहने गैरआवासीय नेपालीहरूलाई सहजीकरण गर्ने पनि उनले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल कोप–२६ सम्मेलनमा सहभागी भएर १७ कात्तिकमा नेपाल फर्कने छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top