नेपाली सेना र अमेरिकी सेनाबीच विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास

१४ कात्तिक ७८, सोमबार

१५ कार्तिक, काठमाडौँ ।

नेपाली सेना र अमेरिकी सेनाबीच विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास ‘एक्स् टिक नेल २०२२’ सुरु भएको छ ।

सेनाको छाउनीस्थित रेञ्जर गणमा सुरु भएको उक्त अभ्यासमा सेनाको खोज तथा उद्धार कार्यमा संलग्न हुने ५० र अमेरिकी सेनाका २० सैनिकको सहभागिता छ ।

काठमाडौँ, पोखरा र अन्नपूर्ण बेस क्याम्प इलाकामा सञ्चालन हुने तालिममा जल, उच्च पहाडी र हिमाली क्षेत्रमा खोज एवं उद्धारका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त अभ्यास मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ ।

अभ्यास सुभारम्भ कार्यक्रममा सेनाको विशेष फौजका बाहिनीपति सहायक रथी ध्रुवप्रकाश शाह र अमेरिकी राजदूतावासका प्रशान्त सहयोग टोली, सैनिक प्रतीरक्ष सहयोग कार्यालयका प्रमुख तथा सेनाका रथीवृन्द तथा अधिकृत उपस्थित थिए ।

संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न फौजमा जल, उच्च पहाडी र हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धारसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

तालीमबाट दुई देशबीचका मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने नेपाली सेनाल विश्वास लिएको छ ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top