ओलीको काउन्टरः ‘महाधिवेशन नगरे पनि चितवन कब्जा गर्छौं, सूर्यको जमाना आयो’

१५ कार्तिक, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नगरे पनि आगामी चुनावमा चितवन कब्जा गर्न सकिने बताएका छन् ।

एमालेले महाधिवेशन गरेर माओवादीलाई घेराबन्दी गर्न खोजेको अध्यक्ष प्रचण्ड र भरतपुरकी मेयर रेणु दाहालको गुनासोको प्रतिउत्तरमा ओलीले महाधिवेशन नगरे पनि एमालेले जित्ने दाबी गरे । चितवन कसैको बाउको बिर्ता नभएको ओलीको भनाइ थियो ।

’चितवनको महाधिवेशन गर्ने भन्या के थियौं । मानिलिउ यो जिल्ला नै मेरो जस्तो गर्छन् बा । चितवनमा महाधिवेशन गर्ने कौन्सा ठूलो कुरा भयो । हामीले पहिले बुटबलमा महाधिवेशन ग¥यौ । नेपालगंजमा ग¥यौ ।

जनकपुरमा ग¥यौं । किन छटपटि ?’ उनले प्रश्न गरे, ’महाधिवेशन गरेरमात्रै हामीले यो जिल्ला कब्जा गर्ने होइन, जित्ने होइन । महाधिवेशन नगरे पनि जित्छौं, महाधिवेशन गरे पनि जित्छौं । हामीले यहाँ महाधिवेशन गर्दा किन टाउको दुखाई ? महाधिवेशन नगरे आफू जित्नेजस्तो पो गर्छन् ।’

अध्यक्ष ओलीले अब चितवन सूर्यमय हुने दाबी पनि गरे । ’जनताले एकपटक धोका पाए । म त धोका पाएर दुईतीन पटक भोट माग्न आए । अब जनता लाटा छैनन् झण्डै दुई तिहाई पुगेको कम्युनिस्ट पार्टी ध्वस्त पार्ने, को को हुन् चिन्या छैनन् ? अब जनताले चुनावमा भोट हाल्दा हात उनीहरुतिर जान थाल्यो भने पनि कार्यकर्ताले नै यस्सो वरतिर सूर्यमा हाल्छन् । अब त्यो जमाना रहेन । अब सूर्यको जमाना आयो,’ उनले भने ।

एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुरमा मतपत्र च्यातेर छोरी जिताइएको, अदालतमा सेटिङ गरेर परमादेश जारी भएको कुराहरु भण्डाफोर भएकाले जनताले अरुलाई विश्वास नगर्ने तर्क गरे ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top